गर्भनर नियुक्तिको विषय लज्जास्पद बनिसक्यो : उपाध्यक्ष श्रेष्ठ

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ३० ।   प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्भनर नियुक्तिको विषय लज्जास्पद बनिसकेको टिप्पणी गरेका छन्। प्रेस सेन्टर नेपाल जिल्ला शाखा गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले यस्तो बताएका हुन्।

वर्तमान सरकारले राष्ट्र बैंकको प्रमुख पद गर्भनरलाई मजाक बनाइरहेको श्रेष्ठले बताए। ‘गर्भनर अवकास हुनुभन्दा एक महिना अगावै नियुक्ति गरिसक्नुपर्ने कानुनी प्रावधान छ,’ उनले भने, ‘अहिले कांग्रेसले आफ्नो भागमा परेको सार्वजनिक रुपमा भनिरहेको छ, यो त लज्जास्पद विषय हो।’

तपाईंको प्रतिक्रिया

थप खबर