राष्ट्र बैंकद्वारा डिजिटल वित्तीय सेवा प्रयोग गर्न आग्रह

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र २७ ।    नेपाल राष्ट्र बैंकले सम्भव भएसम्म डिजिटल वित्तीय सेवाा प्रयोग गर्न सबैलाई आग्रह गरेको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै यथासम्भव डिजिटल वित्तीय सेवाको प्रयोग गर्न आग्रह गरेको हो। 

नेपाली सेनाले भदौ २६ गते जारी विज्ञप्ति नं. १७ अनुसार आवातजावत हुने गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु हुने व्यवस्था गरेको छ । यसकारण सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवाबारे सम्बन्धित संस्थाको वेबसाइट वा सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त गरी सेवा लिन सकिने सूचनामा उल्लेख गरिएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर