मिडियाबाजी डटकम काठमाडौँ भाद्र २७ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको हो । यससँगै शुक्रबार छापावाल सुनको मूल्य तोलामा दुई लाख १५ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला दुई लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य तोलामा दुई हजार ५ सय ६५ रुपैयाँ कायम भएको छ ।