मल आपूर्ति र उत्पादन वृद्धिमा प्रधानमन्त्रीको तीन बुँदे निर्देशन

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २७ । रासायनिक मल व्यवस्थापन र उत्पादन वृद्धिबारे सिंहदरबारमा आयोजित छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनभित्र कार्यान्वयनयोग्य योजना ल्याउन सम्बन्धित निकायलाई तीन बुँदे निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले कृषि तथा उद्योगमन्त्रीसहित सम्बद्ध अधिकारीहरूसँगको बैठकपछि पहिलो, रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त बनाउन नयाँ ढाँचासहितको ठोस योजना पेश गर्न, दोस्रो, कम्पोष्ट र अग्र्यानिक मलको उत्पादन तथा प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन गरी अनुदान नीतिको प्रस्ताव ल्याउन, र तेस्रो, माटोको उर्वरता जोगाउने प्रकारको रासायनिक मल कारखाना नेपालमै खोल्ने सम्भाव्यता अध्ययनको खाका तयार गर्न निर्देशन दिएका हुन् ।

उनले समयमै मल आपूर्ति र उत्पादनको दिगो व्यवस्थापनका लागि स्पष्ट योजना र व्यवहारिक कदम आवश्यक रहेको भन्दै तोकिएको म्यादभित्र प्रतिवेदन पेस गर्न सम्बद्ध निकायलाई आग्रह गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर