मिडियाबाजी डटकम काठमाडौँ, साउन २७ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार नेप्से परिसूचक २६.२२ अंकले घटेर २,७९६.२४ को विन्दुमा कायम भएको छ ।
नेप्सेमा यसदिन ३२३ कम्पनीको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९१ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सिटि होटलका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.३४ प्रतिशतका दरले कमाएका छन् ।
सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ९.९९ प्रतिशतका दरले गुमाए। त्यस्तै उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २६ करोड ७७ लाख रुपैयाँ सेयर कारोबार भएको छ । दोस्रोमा हिमालयन रिइन्स्योरेन्सको २३ करोड ९६ लाख रुपैयाँ र तेस्रोमा लुम्बिनी विकास बैंकको २० करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।