अमेरिकामा बस्ने ललित प्रधानले श्रीमती र ३ वर्षका छोरालाई मारेपछि आफूलाई गोली हाने

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २७ । अमेरिकाको टेक्सासमा भएको एक गोलीकाण्डमा एक नाबालकसहित ३ जनाको मृत्यु भएको छ ।

टेक्सास प्रहरीका अनुसार मृत्यु हुनेमा ५३ वर्षका ललित प्रधान, उनकी श्रमिती ३७ वर्षकै रञ्जना श्रेष्ठ र ३ वर्षका छोरा प्रनिश प्रधान छन् ।

प्रारम्भिक अनुसन्धानमा ललितले आफ्नी श्रमिती र छोरालाई गोली हानेर हत्या गरेको र पछि आफूलाई पनि गोली हानेर आत्महत्या गरेको देखिएको छ । प्रहरीले ललितलाई घटनास्थलमा जीवितै फेला पारे पनि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो । श्रीमती र छोराको भने घटनास्थलमै मृत्यु भएको थियो ।

ललित नेपालीभाषी भुटानी शरणार्थी भएको बताइएको छ । उनकी श्रीमती रञ्जनाको माइती भने काठमाडौं हो । ललित अमेरिका जानुअघि नेपालमा शरणार्थी शिविरमा थिए । ललितले श्रीमती र छोराको हत्या गर्नुको कारण भने स्पष्ट छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर