फिफाले हटायो एन्फामाथिको आर्थिक बन्देज

  असार २८, २०८२

  मिडियाबाजी डटकम काठमाडौँ, असार २८ । विश्व फुटबल महासंघ (फिफा) ले नेपालमाथि लगाएको कन्ट्रोल फन्डिङ अर्थात् कोष नियन्त्रणको बन्देज हटाएको छ ।

चार वर्षपछि गएको बिहीवार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जीएसीसी) को बैठकले नेपालमाथि लगाइएको बन्देज हटाएको एन्फाले जानकारी दिएको छ ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको नेतृत्वमा कार्यरत कार्यसमितिको आर्थिक पारदर्शिता र सुशासनमाथि विश्वास गर्दै फिफाले बन्देजात्मक प्रणाली हटेको व्यहोराको पत्र पठाएको छ । फिफाको पछिल्लो निर्णयसँगै अब एन्फाले स्वतन्त्र रूपमा फिफाको आर्थिक सहयोग उपयोग गर्न सक्ने भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर