शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २९ ।  चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति रु तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ५५ करोडले बचतमा रहेको छ ।

त्यसैगरी समीक्षा अवधिमा चालु खाता रु दुई खर्ब १० अर्ब २२ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ७९ अर्ब ८३ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ३५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५५ करोडले बचतमा छ ।

तपाईंको प्रतिक्रिया

थप खबर