पाँच अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेश हुँदै

  फागुन २८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २८ ।   प्रतिनिधि सभाको बैठक आज (बुधबार) पनि बस्दै छ । आज बिहान ११ बजे नयाँ बानेश्वरमा बस्ने बैठकमा विभिन्न ११ वटा विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

आजको बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१’, ‘निजीकरण पहिलो संशोधन विधेयक २०८१’,‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’,‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि सांसदबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ पेश गरिने र मन्त्रीबाट विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

तपाईंको प्रतिक्रिया

थप खबर