मिडियाबाजी डटकम काठमाडौँ, फागुन २८ । साउदी अरेबियामा अमेरिकासँग भएको वार्तासँगै युक्रेनले रुससँग ३० दिन युद्ध विराम गर्ने सहमति जनाएको छ ।
युक्रेन जल, जमिन र हवाई युद्ध रोक्नका लागि तयार भएको हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयका उप प्रमुखले अमेरिकाले फेरि सैन्य सहयोगलाई निरन्तरता दिने सहमति समेत भएको बताएका छन् ।
अमेरिकी विदेश मन्त्रीले बल रुसको कोर्टमा पुगेको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी जेलेन्स्कीलाई फेरि ह्वाइट हाउमसा आमन्त्रण गर्न तयार रहेको बताएका छन् । राष्ट्रपति जेलेन्स्की समावेश नभएको सो वार्तामा उनको प्रतिनिधित्व आन्द्रे यारमाकले गरेका थिए ।