प्रहरी र सशस्त्रमा अवकाश समय घटाउने विधेयक मन्त्रिपरिषद्‍बाट स्वीकृत

  पुष २८, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ , पौष २८ ।  नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालमा विद्यमान अवकाश अवधि घटाउने प्रावधानसहितको विधेयक मन्त्रिपरिषद्मा पेश भएको छ । विधेयक अर्थ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि मन्त्रिपरिषद्मा पुगेको हो ।

दुबै सुरक्षा संगठनमा रहेको कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक शुक्रबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले संघीय ससदमा पेश गर्न स्वीकृति दिएको हो । गृहमन्त्री रमेश लेखकले पद बहालीगरेसँगै प्रहरी सङ्गठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विषय प्राथमिकतामा राखेर विधेयक परिमार्जन र संशोधनमा जोड दिएका थिए । उनकै जोडबलमा गृह मन्त्रालयले विधेयक अघि बढाएको हो ।

गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानूनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस गरेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर