मिडियाबाजी डटकम काठमाडौँ, साउन २६। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गरेको निवेदनमाथि सुनुवाई भएको छ।
रुपन्देही कारागारमा पुर्पक्षको लागि थुनामै रहेको बेलामा लामिछानेले जिल्ला अदालत रुपन्देहीमा आफूलाई रिहा गर्न माग गरेर गत साउन १८ गते निवेदन दिएका थिए।
सो निवेदनउपर आज सुनुवाई भएको हो। न्यायाधीश नारायण सापकोटाको इजलासमा सुनुवाई भएकोमा बहस सकिएको छ । आजै आदेश आउनसक्ने अदालत प्रशासनले जनाएको छ।