मिडियाबाजी डटकम काठमाडौँ, साउन २६। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने बसेको रुपन्देहीको भैरहवास्थित कारागारको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगसहितको टोली त्यहाँ पुगेको छ ।
मानव अधिकार आयोग सदस्य लिली थापाका साथै इन्सेक प्रतिनिधिसहितको टोली कारागारको अनुगमनका लागि पुगेको हो ।
सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ । उनको बसाइबारे विभिन्न समाचार प्रकाशित भएपछि मानव अधिकार आयोगसहितको टोली अनुमगन गर्न गएको हो।