सूचना तथा प्रसारण विभागका महानिर्देशक परियारसहित सात जनाविरुद्ध चार करोडको भ्रष्टाचार मुद्दा

  जेठ २९, २०८२

  मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २८ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल सूचना तथा प्रसारण विभागका महानिर्देश) परियारविरुद्ध चार करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको हो।ढल निकाससम्बन्धी ठेक्कामा ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

परियार हाल सूचना तथा प्रसारण विभागमा महानिर्देशकका रुपमा कार्यरत छन्। भ्रष्टाचार मुद्दा दायर भएसँगे उनी निलम्बनमा परेका छन्। चार करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । यस मुद्दामा परियारसहित रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्यलगायत प्रतिवादी छन्। परियार मेयर बालेनले नै महानगर लगेका प्रशासकीय अधिकृत हुन्। उनी बालेनको विश्वासिला पात्र मानिन्छन्।

तपाईंको प्रतिक्रिया

थप खबर