बाराको टाँगिया बस्तीमा बिजुली बाल्दा युद्ध जिते जस्तो भयो : कुलमान घिसिङ

  जेठ २९, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २८ ।  नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीमा पहिलो पटक बिजुली बलेपछि युद्ध जिते जस्तो अनुभव गरेको बताएका छन्।

प्रस्तावित नीजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगियाबस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन। यसले गर्दा टाँगियाबस्तीका बासिन्दा अँध्यारोमा बस्न बाध्य थिए। प्राधिकरणको करिब दुई करोड ३४ लाखको लगानीमा प्रसारण लाइन विस्तार गरी २०७९ असोजबाट टाँगियाबस्तीमा वत्ति बालिएको थियो। टाँगिया बस्तीमा करिब एक हजार चार सय ७६ घरधुरी छन्।

विद्युतीकरणपछि पहिलोपल्ट जेठ २७ गते मङ्गलबार टाँगियाबस्तीमा पुगेका निवर्तमान कार्यकारी निर्देशक घिसिङले त्यस क्षेत्रमा वत्ति बाल्दा एउटा सरकारी निकायले अन्य सरकारी निकायसँग युद्ध जिते जस्तो अनुभव रहेको स्मरण गरे। प्राधिकरण त्यतिवेला टाँगियाबस्तीमा वत्ति बाल्नु पर्छ भन्ने पक्षमा रहेको तर पर्यटन तथा नागरिक उड्डयनलगायतका मन्त्रालयहरु प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा विस्थापित हुने बस्तीमा विद्युतीकरण गर्न नहुने अडानमा रहेका कारण सरकारी निकायबीच नै द्धन्द्ध रहेको उनले उल्लेख गरे।

तपाईंको प्रतिक्रिया

थप खबर