मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २८ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य भने तोलामा एक हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ।