नीति तथा कार्यक्रम पास गर्न कांग्रेस–एमाले सांसदलाई ‘ह्वीप’

  २० घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २८ । आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गरिँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रमलाई आज प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची संसद् सचिवालयले तय गरेको हो ।

नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भएपछि सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदलाई अनिवार्य बैठकमा सहभागी हुन ह्वीप जारी गरेका छन् । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भएपछि सत्तापक्षका सांसद बैठककक्षमा सहभागी त हुनै पर्‍यो । सांसदहरु गयल हुने भन्ने हुँदैन । त्यसैले अनिवार्य बैठकमा सहभागी हुन ह्वीप लगाइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर