गभर्नरमा सिफारिस समितिकै विश्व पौडेलको चर्चा

  १७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २८ ।  लामो समयदेखि विवादित गभर्नर नियुक्ति प्रक्रियामा नयाँ–नयाँ अनुहारको नाम चर्चामा ल्याइएको छ। नेपाल राष्ट्र बैंकको गभर्नरमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेलको नाम चर्चामा आएको छ। पछिल्लोपल्ट नेपाली कांग्रेसका तर्फबाट अर्थशास्त्री विश्व पौडेललाई गभर्नरमा सिफारिस गर्नुपर्ने प्रस्ताव कांग्रेसले गरेको स्रोतले जनाएको छ ।

शनिबार बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकमा कामु गभर्नर निलम ढुंगानाले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरे कांग्रेसले विश्व पौडेललाई पठाउने जानकारी गराएको स्रोतले जानकारी दिएको छ । पौडेल गभर्नर सिफारिस समितिकै सदस्य हुन् । उनलाई समितिबाट राजीनामा दिन लगाएर गभर्नरमै सिफारिस गर्ने कांग्रेसको तयारी रहेको एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार शनिबार बेलुका यस बारेमा प्रधानमन्त्रीलाई जानकारी गराइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर