यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २८ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८१ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा तोकेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर