मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन एमालेको ‘ह्वीप’

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २५।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार नेकपा एमाले बागमती प्रदेश संसदीय दलले ‘ह्वीप’ जारी गरेको छ ।

दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले आइतबार सूचना जारी गर्दै साउन २७ गतेको प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री बानियाँले साउन २७ गते मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १६८(४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ (१) अनुसार विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठकअघि दिउँसो १ बजे एमाले संसदीय दलको बैठक दलको कार्यालयमा बस्ने भएकाले सबै सांसदलाई उपस्थित हुन सूचनामा भनिएको छ ।

यसअघि नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई विश्वासको मत दिन ह्वीप जारी गरिसकेको छ । शनिबार कांग्रेस बागमती प्रदेश संसदीय दलका सदस्य सचिव मीनकृष्ण महर्जनले सूचना जारी गर्दै अनिवार्य उपस्थित भई छलफलमा सहभागी हुन निर्देशन दिएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर