झलनाथ खनाल भेट्न डल्लु पुगे नारायणकाजी

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २५।    प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ खनाललाई भेट्न उनकै निवास डल्लु पुगेको खनालको सचिवालयले जनाएको छ । अहिले दुई नेताबीच भेटवार्ता भइरहेको छ ।

भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको बुझिएको छ । खनाल र श्रेष्ठ वामपन्थी एकताको पक्षमा उभिँदै आएका छन् । श्रेष्ठले पछिल्लो समय राजनीतिक भेटघाटलाई बढाएका छन् । यसअघि उनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भेटेका थिए । शुक्रबार मात्र नेकपा एसका महासचिव घनश्याम भुसालसँग छलफल गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर