मिडियाबाजी डटकम काठमाडौँ, साउन २५। रामेछापबाट हेटौंडा जाँदै गरेको स्कारपियो जीप दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।
मृत्यु हुनेमा मन्थली नगरपालिका–११ बस्ने ४१ वर्षीया राधा कार्की चौहान रहेकी छन् । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भोला भट्टले जानकारी दिए ।
राधा स्वास्थ्यकर्मी हुन् । दुर्घटनामा राधाका श्रीमान ४६ वर्षीय उत्तम चौहान घाइते भएका छन् । घाइते उत्तमको सामुदायिक अस्पताल रामेछापमा प्राथमिक उपचार गरेर थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीका अनुसार चौहान दम्पती छोरालाई भेट्न हेटौंडा जाँदै थिए ।
हेटौंडा जान लागेको बिएससी ९४६३ नम्बरको स्कार्पियो गाडी आइतबार बिहान मन्थली–६ कुनौरीमा दुर्घटना भएको हो । गाडी सडकमा आएको पहिरोबाट तल खसेको छ । त्यस्तै शनिबार रामेछापकै खाँडादेवी–४ मा पर्ने मध्यपहाडी लोकमार्गमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ना ६त ९५९१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय २५ वर्षीय दिनेश माझी छन् भने १५ वर्षीय विवेक माझी घाइते भएका छन् ।