बागमती नदीमा दाउरा टिप्न गएका एक बालक बेपत्ता, एकको उद्धार

  असार २६, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार २६ । रौतहटको माधवनारायण नगरपालिका–८ स्थित बागमती नदीको बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।

अर्का एक बालकको भने सकुशल उद्धार गरिएको छ । बिहीबार दिउँसो २ बजेतिर घर नजिकै बागमती नदीमा बाढीले बगाएर ल्याएको दाउरा टिप्न गएका स्थानीय १३ वर्षीय सुधीर पासवान बगेर बेपत्ता भएका हुन् । सुधीरसँगै दाउरा टिप्न गएका अर्का बालक १३ वर्षीय शिवजी पासवानलाई भने स्थानीय र प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी सरोज डल्लाकोटीले जानकारी दिए ।

दुवै बालक दाउरा टिप्न गएको बेला अचानक अएको बाढीको भेलमा फसेका थिए । एक जना बेपत्ता भए पनि स्थानीयले तत्कालै सशस्त्र प्रहरी बोलाउँदा उद्धार गरिएको थियो । उद्धार गरिएका बालक नदीको बीचमा फसेर उद्धार कुरेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ । ती बालक नै बगेको भनेर भाइरल भइरहेको भिडियो असत्य रहेको प्रहरीले दाबी गरेको छ । बेपत्ता बालक सुधीरको खोजी कार्य गरिरहेको सूचना अधिकारी डल्लाकोटीले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर