रुकुम हिंडेका थबाङका सात कर्मचारी गुल्मीबाट सम्पर्कमा

  असार २६, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार २६ ।  कार्यालयका ६ कर्मचारीसहित दुई दिनदेखि सम्पर्कविहीन रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरले आज (बिहीबार) बिहान अध्यक्ष ऋषिकेशव बुढा मगरलाई फोन गरेका छन् ।

रोल्पामा नेपाल टेलिकमको नेटवर्कले काम नगरेकाले कार्यालयको भुक्तानी गर्न ओटीपी कोडका लागि रुकुमपूर्व गएर काम गर्ने भनेका प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरसहित सात कर्मचारी मंगलबार बिहान ७ बजेदेखि बुधबार बेलुकासम्म फोन स्विच अफ गरेर बेपत्ता भएपछि थबाङ गाउँपालिकाले सूचना नै जारी गरेको थियो ।

तर प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरले अहिले बिहान ७ बजे फोन गरी आफूहरू गुल्मीमा रहेको जानकारी गराएको गाउँपालिका अध्यक्ष बुढा मगरले जानकारी दिए । ‘उहाँले आज बिहान फोन गर्नुभयो र आफूहरू गुल्मीमा रहेको जानकारी गराउनु भयो’, अध्यक्ष बुढा मगरले सुनाए, ‘अब लिबाङ हुँदै थबाङ आउँछु भन्नु भएको छ । यत्ति भनेर फोन राख्नु भयो । यस विषयमा थप कुरा उहाँलाई नै फोन गरेर बुझ्नुहोला ।’

तपाईंको प्रतिक्रिया

थप खबर