नेदरल्यान्ड्सको टस, नेपाल ब्याटिङमा, नेपाली टोलीमा तीन परिवर्तन

  जेठ २८, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २७ ।   आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत चौथो श्रृंखलाको अन्तिम खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ।

नेदरल्यान्ड्सका कप्तान स्कट इड्वार्डले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका छन्। नेपालले जारी श्रृंखलामा पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेट र नेदरल्यान्डमाथि ५ विकेटको जित दर्ता गरेको हो।

तेस्रो खेलमा भने नेपालले स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो । नेपाली टोलीमा आज तीन परिवर्तन गरिएको छ। चोटका कारण सोमपाल कामी र गुलशन झा खेलिरहेका छैनन्।सोमपाललाई स्कटल्यान्डविरुद्धको खेलमा ब्याटिङका क्रममा बाउन्सर बलले कुहिनामा चोट लागेको थियो। गुलशनलाई घुँडामा चोट लागेको छ । यी दुवैले अर्को साता ग्लास्गोमा सुरु हुने तीनदेशीय ट्वान्टी २० शृंखलासमेत गुमाउने भएका छन्।

तपाईंको प्रतिक्रिया

थप खबर