मेरोमाइक्रोफाईनान्सले धादिङको सिम्लेमा सम्पन्न गर्यो केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम

  बैशाख २७, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २७ । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लि शाखा कार्यालय भुमेस्थान धादिङमा बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । अनुगमन कार्यालय बट्टार नुवाकोटका अनुगमन अधिकृत रबिन्द्र प्रसाद कडेलको प्रमुख आतिथ्य तथा थाक्रे गापा वडा नं २ का वडाध्यक्ष टिकाराम तामाङको विशेष आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा करिब ८० भन्दा धेरै केन्द्रहरुबाट सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सम्पती तथा बचतमा हुने जोखीम तथा न्यूनिकरण, केन्द्र गुणस्तर, बचत तथा कर्जाको महत्व लगायतका विषयमा छलफल भएको छ ।

त्यस्तै कर्जा र बचतको व्यवस्थापन, बचत व्यवस्थापन गर्दा हुने फाईदाहरु,कर्जा सदुपयोगिता र महत्व, डिजिटल बैंकिङ भुक्तानी, संस्थाको नीतिनियम र सेवासुबिधा, एसएमएस सेवा र यसको प्रयोगबारे पनि जानकारी गराइएको शाखा प्रमुख दिनेश दहालले जानकारी दिए । कार्यक्रममा बार्षिक केन्द्र मुल्याङ्कनको आधारमा प्रथम , दोश्रो र तेस्रो गरि पुरस्कार समेत प्रदान गरिएको छ ।

मेरोमाईक्रो फाइनान्स लघुवित्तको यस शाखाले धादिङ जिल्लाको थाक्रे,धुनिबेसी,गल्छी,बेनिघाट रोराङ ,सिद्धलेक गाउँपालिकाको दुरदराजसम्मका आम नागरिकलाई सहज र छरितो ढंगबाट सेवा प्रदान गर्दै आएको छ । शाखा प्रमुख दहाल भन्छन्–‘पछिल्लो समय धादिङका जनताको मन जित्न सफल त भएको छ नै वित्तीय चपेटामा परेका आम मानिसको सहयोगी बनेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर