पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द, भारतले बन्द गर्‍यो यी ३२ विमानस्थल

  बैशाख २७, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २७ । भारत र पाकिस्तानबीच सैन्य तनाव चर्किदै जाँदा दुवै देशले आफ्नो हवाई क्षेत्र तथा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेका छन् । स्थानीय समय अनुसार राति करिब ३ः१५ बजे पाकिस्तानका तीन वटा हवाई बेसमा भारतीय वायुसेनाले हमला गरेको दाबी पाकिस्तानी पक्षले गरेको केही समयपछि पाकिस्तानको विमानस्थल प्राधिकरणले आफ्नो हवाई क्षेत्र बिहान १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

यसैबीच केही क्षणअघि भारतको विमानस्थल प्राधिकरणले पनि उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थलहरू १५ मे बिहानसम्मका लागि बन्द गरिने घोषणा गरेको छ । दुवै देशका एयर स्पेस बन्द हुँदा हवाई यातायातमा व्यापक असर पर्ने अनुमान गरिएको छ । अपरेसन सिन्दुर नाम दिएर भारतले बुधबार पाकिस्तानका ९ ठाउँमा हवाइ आक्रमण गरेपछि पाकस्तानले बिहीबार त्यसको जबाफ दिएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर