दुई किशोर कर्णाली नदीमा बेपत्ता

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २७ ।।  कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोर वेपत्ता भएका छन् । कालीकोट र दैलेखका दुई किशोर छुटा–छुटै ठाउँबाट कर्णाली नदीमा बेपत्ता भएका हुन् ।

कालीकोटको पचालझरना गाउँपालिकास्थित जारकोट नजिकै कर्णाली नदीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर १६ वर्षीय किशोर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार बेपत्ता हुनेमा नरहरिनाथ गाउँपालिका–१ कोटबाडाका बिराज बिष्ट रहेको छन् । यस्तै, दैलेखको चामुण्डाबिन्द्रासैनी नगपालिका–९ डौंसुरका १५ वर्षीय भूपेन्द्र सावन पनि कर्णाली नदीमा बेपक्ता भएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर