लामा पक्षका सांसद सामुहिक राजीनामाको तयारीमा

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २४।   बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षका सांसदहरूको बैठक काठमाडौंमा बस्दैछ ।

राजीनामा दिनुअघि नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग भएका सहमति कार्यान्वयनका विषयमा छलफल गर्न लामाले आफू पक्षका सांसदको बैठक बोलाएका हुन् ।

बैठकमा लामा पक्षका १४ जना सांसद सहभागी हुने जनाइएको छ । दिउँसो २ बजे बैठक बसेर पार्टी सभापति शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम रहेको एक सांसदले जानकारी दिए ।

उनका अनुसार पूर्व सहमति कार्यान्वयन हुने अवस्था नदेखिएपछि बैठक बस्न लागेको हो । सहमति कार्यान्वयन हुने निश्चित नभएसम्म बानियाँलाई विश्वासको मत पनि नदिने अडान उनीहरुको छ । कांग्रेसकै आन्तरिक किचलोका कारण सरकार परिवर्तन भएको बागमतीमा फेरि मन्त्री नियुक्तिका विषयमा पार्टीभित्र द्वन्द्व चर्किंदै गएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर