नेपाल–खनाल ‘वाकयुद्ध’ चर्किरहेका बेला नेकपा एसले बोलायो बैठक

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २४।  पार्टी अध्यक्ष माधव नेपाल र सम्मानीत नेताबीच ‘वाकयुद्ध’ चर्किरहेका बेला नेकपा एकीकृत समाजवादीले भदौ ७ र ८ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

केही समययता नेकपा माओवादी केन्द्रसँग एकता गर्ने विषयमा दुई पार्टीका नेताबीच छलफल चलिरहेको विषयलाई बैठकको एजेण्डा बनाइने र एकता प्रस्ताव अनुमोदन गरिने उक्त पार्टीको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।

केन्द्रीय कमिटी बैठकअघि ४ गते स्थायी कमिटी र ५ गते पोलिटव्युरोको बैठक बोलाइएको छ । ती बैठकमा सम्मानित नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीका विवादास्पद अभिव्यक्तिबारे पनि छलफल गर्ने एजेण्डा रहेको कार्यालय स्रोतले जनाएको छ ।

यी बैठक आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय कमिटी बैठक सुकेधारास्थित मिराकल पार्टी भेन्युमा बोलाइएको छ । महासचिव घनश्याम भुसालले शुक्रबार बैठकका निम्ति आन्तरिक सूचना जारी गरेका हुन् ।

समाजवादी पार्टीमा स्थायी कमिटी सदस्य झाँक्रीको विवाद केहि मत्थर देखिएका बेला अध्यक्ष नेपाल र सम्मानीत नेता खनालबीचको ‘झगडा’ उत्कर्समा देखिएको छ । उनीहरु एकले अर्कालाई आरोप–प्रत्यारोप लगाइरहेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर