सोवितालाई सुनिताको चुनौती : भाषाको ज्ञान सिकाउन तयार छौं, गल्ती नदोहोर्‍याउनू

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २५ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रमको बहानामा नेपाली गएर उतै बसेको भन्ने आफ्नो अभिव्यक्तिको बचाऊँ गरेपछि एमाले सचेतक सुनिता बरालले आपत्ति जनाएकी छिन् ।

आज (बुधबार) को प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर गौतमले मंगलबार आफूले बोलेको विषयलाई बङ्ग्याइएको आफ्नो भनाइ संसद्को रेकर्डबाट नहटाउन चुनौती दिएकी हुन् । ‘मैले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका फर्किएनन् भनेका छैन, स्वयं प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिस कार्यक्रमको बहानामा गएर नफर्किएको भन्ने खालका समाचार आएका छन् भनेकी थिएँ,’ गौतमले भनिन् । प्रधानमन्त्री ओलीको प्रतिनिधि मण्डल फर्किए पनि, प्रधानमन्त्री गएको कार्यक्रममा गएका सयौं व्यक्तिहरू नफर्किएको गौतमले पुनः जिकिर गरिन् ।

तपाईंको प्रतिक्रिया

थप खबर