भूमि विधेयक संसदको कार्यसूचीमा परेपछि विश्वप्रकाश शर्माको आपत्ति

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २५ ।  सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले प्रतिनिधि सभाबाट अघि बढाउन लागेको भूमि विधेयकको विरोध जनाएका छन् ।

भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संशोधन गरेर सहमति जुटाउन आवश्यक रहेको उनले बताए ।

उनले भनेका छन्, ‘भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक स्वयंमा संशोधन गरेर सहमति जुटाउन जरुरी छ ! पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्नेगरी संसदमा प्रस्तुत हुन लागेकोमा खुला विमति छ !’ उनले लटरपटर नगरी विधेयकमा सहमति खोज्नुपर्ने बताएका छन् । उनले आजलाई कार्यसूचीबाट पनि भूमि विधेयक हटाउन माग गरेका छ ।

तपाईंको प्रतिक्रिया

थप खबर