बिपी राजमार्ग अवरूद्ध

  ११ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २५ ।  काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिनथलीस्थित खहरे खोलामा गेग्रानसहितको बाढी आएपछि बिपी राजमार्ग पूर्णअवरूद्ध बनेको छ ।

उक्त खण्डमा बुधबार बिहानपख लेदोसहितको बाढी आएपछि काभ्रेतर्फ जाने सम्पूर्ण सवारी साधनलाई होल्डमा राखिएको सिन्धुली प्रहरीले जानकारी दिएको छ।

उक्त सडक अहिले सञ्चालन गर्ने प्रयास भइरहेको छ । गत असोज १० देखि १३ गतेसम्मको बाढीले बिपी राजमार्ग क्षतिग्रस्ता बनाएको थियो । उक्त सडक खण्डको १३ किलोमिटर भाग कटान नै गरेपछि बनाउने गरी ठेक्का आह्वान भएको छ । अहिले उक्त राजमार्ग अस्थायी तरिकाले सञ्चालन गरिँदै आएकोमा सडक खण्डका खोला, खोल्सीमा भेलबाढी आउने बित्तिकै गाडीहरूको आउजाउ रोकिने गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर