न्यायमा आम नागरिकको सहज पहुँच आजको आवश्यकता : राष्ट्रपति पौडेल

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २६ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले व्यवस्था गरेका मूल्य मान्यताप्रति प्रतिबद्ध रहँदै यसको संरक्षण, प्रवर्द्धन एवं न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको महत्वपूर्ण दायित्व रहेको बताएका छन्। कानुन दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

यस दिनले न्याय र कानुनको क्षेत्रमा आबद्ध सबैको मन र मस्तिष्कमा सो गुरुत्तर दायित्वको बोध निरन्तर गराइरहने पनि उनले विश्वास लिए। राज्यको कार्यकारणी, विधायिकी र न्यायिक अधिकार एउटै निकायबाट प्रयोग भइरहेको तत्कालीन अवस्थामा यो ऐन (प्रधान न्यायालय ऐन, २००८) लागू भएपछि व्यवहारिक रुपमै शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणाअनुरुप न्याय सम्पादनको कार्यको थालनी भएको हुँदा न्याय र कानून जगतमा यो दिनको विशेष महत्व रहेको उनले बताए।

तपाईंको प्रतिक्रिया

थप खबर