दमननाथ ढुङ्गाना: व्यक्ति एक व्यक्तित्व अनेक

  बैशाख २६, २०८२

  • निशेष ढुङ्गाना

मिडियाबाजी डटकम काठमाडौँ,वैशाख २६ ।  दमननाथ ढुङ्गाना, बुबाको जन्म १७ माघ १९९८, पिता केदारनाथ ढुङ्गाना र माता लक्ष्मी देवी ढुङ्गाना पौडेलबाट ओमबहाल काठमाडौँमा भएको थियो । गत २ मंसिर आइतबार २०८१, ८३ वर्ष को उमेरमा निजि निवास बत्तीसपुतलीमा सधैंका लागि यो भौतिक संसारबाट बिदा हुनु भयो । कलेजोको समस्याबाट उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएपछि फ्रन्टलाइन अस्पताल, बानेश्वर लगिएको थियो । उहाँका १ श्रीमती, भुवन कोइराला ढुङ्गाना र १ छोरी र २ छोराहरू बत्तीसपुतली वडा नं ९, स्थायी, निबासमा परिवारसँग बस्छन । दलभित्रका आफ्नो गुटप्रति समर्पित हुन पाउँदा गर्वको अनुभव गर्ने आजकलका सरकारी पदमा आसिन व्यक्ति र शक्ति केन्द्रहरूको भीडमा उहॉ एक दूर्लभ पात्र हुनुहुन्थ्यो भन्ने लाग्दछ । हाम्रो सम्पूर्ण परिवारको आफ्ना असल पिता, पति, छोरा, भाइ र साथी सहकर्मी भतीज भान्जा भान्जीहरूको अभिभावक असल मार्गदर्शक भएकोले, उहाँलाई हामी सबैले आदर र सम्मान शब्दका साथ दाजु भन्थ्यौं । उहाँ सबैको प्रिय दमन दाई दमन दा दाजु, अभिभावक ठुलोबुबा, मामा , काका आदि हो उहाँ हामी सबै परिवारको रोल मोडेल, सच्चा मार्ग र पथ प्रदर्शक हुनुहुन्थ्यो। सबैमा, मेरी आमा, मेरो परिवार र मेरो हार्दिक धन्यवाद र आभार ।

अस्वस्थ भएपछि उपचारकै क्रममा हेम्स अस्पताल, धुम्बाराही र फ्रन्टलाइन अस्पताल बानेश्वर, उहाँको निधन र पार्थिव शरीर पश्चात अन्तिम श्रद्धाञ्जलीको लागि ज्ञानेश्वरस्थित सानो गौचरण र अन्तिम संस्कारको लागि पशुपति आर्यघाट र १३ दिन काजक्रिया नीजि निवास बत्तिसपुतलीमा आउनुहुने सम्पूर्ण आदरणीय परिवार, साथीभाइ, इष्ट मित्र, शुभेच्छुक,छिमेकीहरू, निर्मल पुरी ’भोगी’ लगायत सम्पूर्ण एलएलएम नेपाल कानून क्याम्पस सहपाठी विद्यार्थी मित्रहरू आम नागरिक, जनसमुदाय, हरेक तप्काका जनता, आदरणीय धार्मिक गुरु पुरोहितहरू, पौडेल र देवराज लुइँटेल , राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, पूर्व राष्ट्रपतिहरू, डा. रामवरण यादव र विद्या भण्डारी, पूर्व प्रधानमन्त्रीहरू पार्टीका शीर्ष नेताहरू, देउबा, प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई, मन्त्रीहरू, सांसदहरू, राजनीतिक दल काँग्रेस, एमाले, माओवादी, राप्रपा, स्वतन्त्र पार्टी आदि नेताहरू, कार्यकर्ताहरू, वरिष्ठ अधिवक्ता, अधिवक्ता, वकिलहरू, वकिल संगठनहरू, कानूनी पेशा, कानून व्यवसायी, नेपाल बार एसोसियसन,सरकारी ओहोदाका अधिकारी कर्मचारीहरू, न्यायाधीशहरू डाक्टर, इनजिनियर, प्राध्यापक, शिक्षक, नागरिक समाज, पत्रकारहरू, काठमाडौँ, २ नं. क्षेत्रका सांसद सोबिता गौतम, का.पा, ९ नं. वडा अध्यक्ष रामजी भण्डारी लगायत वडा सदस्यहरू युवा, महिला, बालबालिका, किसान मजदुर, श्रमिक, उद्योगी, व्यवसायी, राष्ट्रिय गण्यमान्य व्यक्तित्वहरू शिबप्रसाद तिमिल्सिना, प्रेमबहादुर सिंह, सन्धीज्यूहरू, बिन्दु सिंह, सन्धिनिज्यू, शीरीष सिंह, शीला सिंह, रवि शाह, त्रिबि एमफिल– पिएचडी अन्तर्राष्ट्रिय सम्बन्ध÷ कुटनीति विभाग, विद्यार्थी साथीहरू, कुटनीतिज्ञ, प्राध्यापक, शिक्षक घरायसी कामदार, आगन्तुक, पशुपति विकास कोष कर्मचारीहरू, गुरुहरू, सुरक्षा फौज–सेना र प्रहरीहरू, विभिन्न पेशाकमी, धार्मिक, सामाजिक, शैक्षिक, कानूनी, सवैधानिक सङ्घ, संस्था आदि का सदस्यहरू, नर्स, स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारीहरू फोनमा सामाजिक संञ्जालहरुमा देश विदेशमा रहनु भएका आदरणीय शुभचिन्तक र हितेैषी, हामी सम्पूर्ण परिवारको तर्फबाट यस दुःखको समयमा तपाईंहरुको, उपस्थिति, श्रद्धाञ्जली, समवेदना सद्भाव र सहानुभूतिको लागि म मेरो आमा र सबै परिवारको तर्फबाट हृदयदेखिनै आभार र धन्यवाद दिन्छौं।

भाई निमेष, बेलायत गएको १० दिन मात्र भएको थियो । उहाँको मृत्युको घोषणा भएपछि उनीहरूले तुरुन्तै टिकट लिए । भाइ,निमेष, बुहारी आशा, भतिजीहरू,बोधि र बुकी बेलायतबाट भोलिपल्टै आइपुगे । त्यसपछि आमा, श्रीमती श्रृजना सहित हामी सबै परिवार सानो गौचरण गयौं । हामी सबैले उहाँको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गर्‍यौं । यो निमेष, आशा, बोधि र बुकी र हाम सबैका परिवारको लागि वास्तवमै ऐतिहासिक र अविस्मरणीय क्षण थियो । त्यसपछि हामी ट्रकमा उभियौं, जहाँ सुरक्षा फौज र प्रहरीले सांगीतिक धुनसहित पशुपति आर्यघाटसम्म शवयात्रा लिएर गयौं । नेपाल सरकार, प्रम ओली, मन्त्रिपरिषद्, गृहमन्त्री लेखक, सुरक्षा फौज–सेना र प्रहरीलाई उहाँप्रति राष्ट्रिय राजकीय सम्मान अन्तिम संस्कार, त्यो दिन देशभर सार्वजनिक बिदा घोषणा गरेकोमा मेरो आमा र सबैको परिवारको तर्फबाट हृदयदेखिनै आभार र धन्यवाद दिन्छौं । हाम्रो इस्टमित्र नाता सम्बन्धमा उहाँले पाउनु भएको सम्मान नेपालको इतिहासमा मात्र नभएर पारिवारिक इतिहासमा पहिलो हो।

सुरुमा डाक्टर र अस्पताल आमासँग जानु भयो, पछि दिदी नितिका र अरू परिवारका सदस्यहरूसँग जानु भएको थियो। अस्वस्थ भएपछि केही दिन हेम्स अस्पताल, धुम्बाराहीमा र डाक्टरको सल्लाह अनुसार नै उपचारकै क्रममा उहाँलाई म्याक्स अस्पताल, दिल्लीे लगिएको थियो । कलेजोमा ट्युमर देखिएकोले उहाँलाई म्याक्स अस्पतालमा नयाँ टिएर प्रविधिबाट औषधि उपचार गरियो । औषधि गर्ने क्रममा उहाँ आफूलाई सहज भएको महसुस गर्नुभयो र उहाँको साथमा जानुभएका छोरी नितिका र भान्जा सुरज दाईलाई समेत राम्रो हुँदै गएको छ भन्ने कुरा गर्नुभएको थियो । निमेष, यूकेबाट आएपछि आमा र भाइ दिल्ली गएका थिए । दुई हप्ता वहाँको उपचारमा बिताएका थिए । वर्तमान प्रधान न्यायाधीश प्रकाश राउतसँग घनिष्ट पारिवारिक सम्बन्ध, स्नेह र सद्भाव छ र बारम्बार भेट भइरहन्थ्यो । राउत उहाँ र आमालाई धेरै सम्मान र उहाँको लामो कानूनी करियरमा धेरै कुरा सिकेको बताउँछन् । प्रकाश राउत सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेपछि, उहाँ अस्वस्थ हुदाँ पनि बुबा र आमालाई भेट्न स्वास्थ्य अवस्था बुझ्न र सल्लाह सुझावको लागि घरमा हामी सबै परिवारका बिच पनि कुराकानी भएको थियो । विशेष गरी वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी र वरिष्ठ पत्रकार किशोर नेपालसँग उनको ५० वर्षभन्दा लामो र गहिरो पारिवारिक सम्बन्ध थियो । उनीहरू भेटघाट गर्थे र समसामयिक राष्ट्रिय राजनीतिक मामिलाहरूमा छलफल गर्थे। । परलोक हुनु भन्दा २ दिन अघि मात्र केहि बेर गहन कुराकानी राधेश्याम अधिकारी र वरिष्ठ पत्रकार किशोर नेपाल निवास मै भएको थियो ।व्यक्तिगत र पारिवारिक जीवन, श्रीमती भुवन कोइराला ढुङ्गाना इत्यादि ।

मेरी आमा भुवन ढुङ्गाना (कोइराला) एक अंग्रेजी प्राध्यापक, त्रिभुवन विश्वविद्यालय, वरिष्ठ साहित्यकार लेखिका हुनुहुन्छ । कुशल ग्रृहिणीको रुपमा पनि घरपरिवार राम्ररी चलाउनु भयो । उहाँ विराटनगर जन्मनु, हुर्कनु भयो । राजनीतिक कोइराला परिवारमा जन्मेर पनि र वैवाहिक सम्बन्ध राजनीति व्यक्तिसँग भएपनि वहाँ राजनीतिमा सक्रिय रुपमा कहिले लाग्नु भएन । उहाँले भारतको वनारस र कलकत्ताको रविन्द्रनाथ टेगोरले स्थापना गरेको शान्ति निकेतनमा अंग्रेजी साहित्य, बंगाली भाषा र संगीत र कलाको समेत अध्ययन गर्नुभयो । उहाँको शैक्षिक योग्यता एम.ए अग्रेजी र बी. एल. मा कानून हो । उहाँले निरन्तर ३४ वर्ष सम्म नेपाल कानून क्याम्पसमा कानूनका विद्यार्थीहरूलाई अंग्रेजी पढाउनुभयो । अहिले धेरै पार्टीका शीर्ष नेताहरू अधिवक्ता, वरिष्ठ अधिवक्ताहरू, उच्च सरकारी ओहोदाका कर्मचारीहरू, न्यायाधीशहरू, प्राध्यापक शिक्षकहरू, धेरै कानूनी र अरु आ-आफ्नो क्षेत्रमा नाम, प्रतिष्ठा र आर्थिक रुपमा मजबुत भएकाहरु छन् । उहाँ नेपालका प्रतिष्ठित साहित्यकारहरू मध्ये एक हुनुहुन्छ । उहाँ विपि कोइराला, धरणीधर कोइराला, वालकृष्ण सम, लक्ष्मी प्रसाद देवकोटा जस्ता वरिष्ठ साहित्यकारहरु सँग नजिक हुनुहुन्थ्यो । उहाँ नेपाली साहित्य सिर्जनामा पनि निरन्तर लाग्नु भयो र केही पुस्तक र धेरै लेख, रचना र कविताहरू समेत प्रकाशित गर्नुभयो । उहाँको गतवर्ष महिला अधिकार बारे परित्यक्ता मदन पुरस्कार छनोट सूचिमा परेको थियो । भुवन ढुङ्गानाका पुस्तकहरू “परित्यक्ता”, “अक्षरस” र “युद्धको घोषणा गर्नुभन्दा अघि” प्रकाशित भएका छन्। उहाँले कान्तिपुर र अन्य राष्ट्रिय समाचारपत्रहरू तथा पत्रिकाहरूमा उत्कृष्ट साहित्यिक लेखहरू लेख्नुभएको छ। उहाँ एक असल गृहिणी पनि हुनुहुन्छ। बुबा र आमाको विवाह, जेठ २०२८ काठमाडौँमा भएको थियो।

हजुरबा केदारनाथका दुई श्रीमती थिए । जेठी बाल मन्जरी कोइराला वहाँ दोस्रो श्रीमती लक्ष्मीदेवी ढुङ्गाना पौडेलबाट जन्मनु भयो । दुवै आमाबाट ८ सन्तान थिए । अहिले कनिष्ठ भाइ वरिष्ठ अधिवक्ता राजन ढुङ्गाना र उषा ढुङ्गाना ९२ वर्षीय भाउजु परिवारसँग बत्तीसपुतलीमै बसोबास छ। उहाँका दाई बैजनाथ, दिदी सत्यवती, पौडेल इन्दु भट्टराई, बहिनी बिन्दु तुलाधर, चन्दु जोशी हुन् । उहाँले नेपालकै त्रिभुवन विश्वविद्यालयबाट एम ए( राजनीति ) बिएल( कानून) को अध्ययन पूरा गर्नु भएको थियो ।

छोरी नितिका ढुङ्गाना अधिवक्ता, कानूनविद्,संविधानविद त्रिवि, नेपाल कानूनमा स्नातकोत्तर (एलएलएम), (पुणे विश्वविद्यालय पुणे, भारत ) पति वरिष्ठ पत्रकार लेखक नारायण वाग्ले र छोरी नसना वाग्ले हुन् । नातिनी नसानालाई पनि अत्यन्त माया, स्नेह र हौसला दिनु हुन्थ्यो, उनी १० कक्ष्या यू लेन्स स्कूलमा अध्ययन र हाल १२ को परीक्षा दिएकी छिन् । ढुङ्गानाका १ छोरी र २ छोराहरू छन् । नारायण वाग्ले हाल आफू जन्मे–हुर्केको फरकचौर, तनहुँमा आफ्नै खेतमा कृषि तथा उत्पादन कार्यमा सक्रिय, मेहनत र लगनशील रूपमा केही वर्षदेखि लाग्नुभएको छ।छोरा निमेष ढुङ्गाना म्यानचेस्टर विश्वविद्यालय बेलायतमा उनले विपद् व्यवस्थापनमा अध्यापन कार्य गर्नुहुन्छ, आफ्नी परिवार श्रीमती आशा सिंह, २ छोरी बोधिता र बेदानी (बुकी) सँग बेलायतमा बसोबास छ । उनीहरू यूकेमा विद्यालयमा अध्ययनरत छन्। आशा वातावरण विज्ञान विषयमा यूकेमा उच्च शिक्षा (पीएचडी) गर्दैछिन्।

म निशेष एक अधिवक्ता हुँ र अन्तर्राष्ट्रिय सम्बन्ध÷कूटनीति एम् फिल पिएचडी शोधकर्ता विद्यार्थी । एम.ए. (अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति) विश्व विख्यात, प्रसिद्ध,जवाहारलाल नेहरू विश्वविद्यालय ( जेनयु , नयाँ दिल्ली, भारत ।अमेरिका, भारत लगायतका देशहरूको भ्रमण र अध्ययन अनुभव छन् । उहाँले सधैं मेरो थप अध्ययनमा जोड, प्रेरणा र सुझाब दिनुभयो र सहयोग गर्नुभयो, म एम फिल पिएचडी अन्तर्राष्ट्रिय सम्बन्ध÷कूटनीति, विभागमा आबद्द भए, हामी नेपाल–भारत–चीन, अमेरिका आर्थिक र कूटनीतिक सम्बन्ध, नेपाल आर्थिक विकास आदि महत्वसँग सबन्धित विषयहरूमा गहन छलफल गर्थ्यौं । पढ्न वकिल बन्न, नेपाल बार काउन्सिल( नेपाल कानून व्यवसायी परिषद) अधिवक्ताको लाइसेन्स परीक्षा उत्तिर्ण हुन, नेपाल ल कानून क्यम्पस एलएल एम मास्टर्स अध्ययन गर्न अन्तिम सम्म ठुलो सहयोग र हौसला दिनु भयोे। म लगायत हामी सबै परिवारको उच्च शिक्षालाई सदा जोड दिनु भयो। उहाँले जीवनभर सरल जीवन, उच्च विचार र बोली तथा व्यवहारको सही पालन गर्नुभयो। उहाँ पुस्तकहरू र पत्रपत्रिकाहरू धेरै पढ्नुहुन्थ्यो। उहाँलाई कानून, संविधान, अन्तर्राष्ट्रिय सम्बन्ध, विदेश नीति, कूटनीति, आर्थिक विकास र नेपाल कसरी विकसित र समृद्ध हुन सकिन्छ भन्ने बारेमा प्रशस्तै ज्ञान थियो । उहाँ सधैं विचारशील र चिन्तित हुनुहुन्थ्यो ।

हाल म श्रीमती श्रृजना तिमिल्सिना (ढुङ्गाना) र आमासँग बत्तीसपुतली निवास काठमाडौँमा बस्दछौं । श्रीमती श्रृजना एमबीए शंकर देव क्याम्पस, त्रिभुवन विश्वविद्यालयबाट शिक्षा हासिल गरेकी छिन् । उनी बानेश्वर लाइब्रेरी र बानेश्वर क्याम्पसमा विद्यार्थीलाई अध्यापन कार्यमा संलग्न छिन्। भान्जा सुरज दाईले हालै उहाँप्रतिको आफ्नो प्रेम, स्नेह र सम्मानको बारेमा एउटा लेख लेखेका थिए ।

आफू भन्दा ठुलालाई अत्यन्त सम्मान गर्नुहुन्थ्यो । भाइ राजन बुहारीहरु विजया, श्रृजना, आशा भतिजाहरू मधु, प्रज्ञान प्रज्वल प्रजेश भतिजी प्रमिला, भान्जाहरू निरन्जन, प्रमोद शैलेश, सुरज, समिर, अशोक, भान्जीहरू समा सिर्जना, सन्जा, सबिना, सन्ध्या, सीमा, सरिना बहिनी ज्वाईं,सन्धवी रत्न तुलाधर, भान्जा बुहारी, भान्जी ज्वाईं, भतिजा बुहारी राधा, रोजिना,सन्ध्या, नाति, नातिनीहरु, बोधी, बुकी, प्रजिना, येजिना, कृति अधिश, रुका, सबैलाई अत्यन्त माया, स्नेह र हौसला बारम्बार दिनु हुन्थ्यो । उहाँ एक असल पिता एवं असल ससुरा बुबा आदरणीय, सम्मानित हुनुहुन्थ्यो, । उहाँले बुहारीहरुलाई पनि छोरी सरह नै स्नेह र माया गर्नुहुन्थ्यो । उहाँले सबैलाई सकारात्मक रुपले हेर्नुहुन्थ्यो । उहाँले बुहारीहरू श्रृजना र आशालाई असल बुहारीको रूपमा सही सल्लाह, प्रेरणा र हौसला दिनुहुन्थ्यो । उनी बुहारीसँग विभिन्न आवश्यक, शिक्षा, स्वास्थ्य, करियर र यस्तै अन्य पारिवारिक मामिलाहरूमा छलफल, विचार र विर्मश गर्नुहुन्थ्यो । ज्वाईं, नारायण वाग्ले, वरिष्ठ पत्रकार तथा लेखक बहिनी ज्वाईं,सन्धवी रत्न तुलाधर, नागरिक समाजका अगुवा तथा वरिष्ठ राजनीतिक विश्लेषक, भान्जी ज्वाईं, अधिवक्ता डा. रुद्र शर्मा फुयाल¸ संविधानविद्, कानूनविद्, उहाँहरू सबैसँग निरन्तर भेटघाट गरी समसामयिक राजनीति, कानूनी तथा संवैधानिक विषयमा गहन छलफल गर्नुहुन्थ्यो । किशोर नेपाल, राधेश्याम अधिकारी, प्रकाश राउत, आदिसँग आफ्नै साखै दाजु भाइको जस्तै लामो गहिरो परिवारिक सम्बन्ध थियो । आमालाई भाउजुको रुपमा अत्यन्त श्रद्धा र सद्भाव छ । सूरज भट्टराई (भान्जा दाइ) अत्यन्त सक्रिय रूपमा उहाँलाई सभामुख हुँदा तथा जीवनको उत्तरार्ध अन्तिम अवस्था सम्म उनको परिवारले आमा र हाम्रो परिवारलाई सक्दो साथ र सहयोग दिएका छन् ।

अर्जुन नरसिंह केसी नेपाली काँग्रेस नेता धेरै पटक भनेका छन् । ढुङ्गाना एक बौद्धिक रूपमा अग्लो व्यक्तित्व थिए जसले नेपाली समाजमा ठूलो योगदान छ। ढुङ्गानालाई सम्झनेहरू भन्छन् कि उहाँका विरासतलाई एउटै लेन्सबाट कैद गर्न सकिँदैन किनभने धेरै पहिचानहरू थिए। उहाँ सर्वोच्च अदालतका बरिष्ठ अधिवक्ता हुनुहुन्थ्यो। पेशाले उहाँ कानुनी वकिल हुनुहुन्थ्यो। उहाँ जनताको पक्षमा कुशलतापूर्वक बहस पैरवी गर्नुहुन्थ्यो।उहाँको बहुप्रतिभाशाली, बहुमुखी, बहुआयामिक व्यक्तित्व जीवन यात्रा विभिन्न समयमा धेरै लेन्सको माध्यमबाट विविध पहिचानहरूका रूपमा देखियो। । आफ्नो जीवनभर ढुङ्गानाले नेपालको राजनीतिक आन्दोलनहरूमा छुट्टै पहिचान कायम राख्नुभयो । लामो समयसम्म नेपाली कांग्रेससँग आबद्ध रहे पनि, आफूलाई पार्टीको दायरामा सीमित रहनु भएन । उहाँले युवावस्थामा पत्रकारको रूपमा पनि काम गर्नुभयो । उहाँ एक साहित्य लेखक, कवि र गीतकार पनि हुनुहुन्थ्यो । उहाँले एउटा प्रसिद्ध राष्ट्रिय गीत, यही हो नेपाल नेपालीको घर रचना गर्नुभयो । जुन गायक प्रेमध्वज प्रधान र गंगा राणाले गाएका थिए । राष्ट्रिय र देशभक्तिको भावनाले ओतप्रोत, पञ्चायत कालमा रेडियो नेपालमा बज्न दिइएन, प्रजातन्त्र आएपछि मात्र बज्यो । साहित्य अध्ययन र लेखनमा पनि अत्यन्त रुचि थियोे ।

म उहाँसँग धेरै कार्यक्रमहरू काठमाडौं र देशभर गएँ । गत वर्ष १५ असार, २०८१ को संसद दिवसमा बुबा र म संसद भवन, नयाँ बानेश्वर ट्याक्सीमा गएका थियौं। बुवालाई नचिनेका कारण हामीलाई गेटमा सुरक्षा गार्डले रोके। बुवाले आफ्नो परिचय दिनु भएको थिएन। पछि एकजना सांसदले चिनेर, “उहाँ त पहिलाको सभामुख हो“ भनेपछि मात्रै भित्र गयौं। उहाँ त्यति सरल र स्वाभिमानी हुनुहुन्थ्या त्यो कार्यक्रममा सभामुखलाई संसदको मामिलामा बढी सक्रिय हुन र विपक्षीको नेताहरूका आवाज संसदमा अझ बलियो र शक्तिशाली हुन आग्रह गर्नुभयो । त्यो कार्यक्रममा वर्तमान सभामुख देवराज घिमिरे पनि उपस्थित थिए, र उहाको गहन विचारहरू धैर्यपूर्वक सुनेका थिए।

विपक्षीे बढी सहभागिता र आवाजले संसद र सरकारलाई अझ बढी सहयोग मिल्थ्यो । संसदमा सबैभन्दा ठूला दलहरूको गठबन्धन सरकारको रूपमा स्थापित भएको छ, यसले निरंकुशता निम्त्याउन सक्छ, संसदीय लोकतन्त्रमा बलियो प्रतिपक्ष पनि हुनुपर्छ। नेताहरूलाई नैतिकता, ईमानदारी, र निस्वार्थ सेवालाई प्राथमिकता दिन आग्रह गर्नुभयो । उहाँले चेतावनीहरू अझै पनि समसामयिक र सान्दर्भिक छन्, किनभने नेपाल अझै पनि राजनीतिक अस्थिरता, कमजोर शासन, र संस्थागत सुधारको अभावबाट गुज्रिरहेको छ ।सधैं बीपी नेतृत्वको कांग्रेस विचारधारा, ऐतिहासिक सिद्धान्तहरू, संवैधानिकता, कानूनको शासन, संसदीय लोकतन्त्र र सार्वभौमसत्ता, न्यायपालिकाको स्वतन्त्रता, स्वतन्त्र निष्पक्ष आवधिक निर्वाचन जनताको मौलिक अधिकार आदिमा दृढ हुनुहुन्थ्य । गत श्रावण २०८१ मा कांग्रेस नेत्री स्वर्गीय शैलजा आचार्यको एक कार्यक्रममा आफ्नो गम्भीर,तर्कपूर्ण विचार राख्नु भयोे । शैलजाले बीपी र कांग्रेस विचारधारालाई दृढतापूर्वक पालना गरेकी थिइन्, र पछि उनलाई आफ्नै पार्टीबाट बेवास्ता गरिएको थियो, उनले नेपाली काँग्रेस पार्टी राजनीति र प्रजातन्त्र का लागि बिपी विचार र निष्ठाबान भएर आफ्नो सम्पूर्ण जिबन समर्पित गरेकी थिईन

 पछिल्लो पटक जब प्रम ओलीले आन्तरिक पार्टी कलहको कारणले सदन विघटन गरे । एक कार्यक्रममा उनले प्रचण्ड, माधव नेपाल र झलनाथ खनाललाई पार्टी विवाद नियन्त्रण गर्न नसक्ने र ओलीलाई त्यो निर्णय लिन लगाउन सबैले समान जिम्मेबारी लिन कडा विचार उनीहरु को अगाडी ब्यक्त गर्नुभयो ।गत वर्ष, नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा, बुबाले संविधानबारे बोल्नुभयो । कांग्रेस पार्टीले , चाहिने भन्दा बढि एमाले र माओवादीको एजेन्डालाई पछ्याएकोमा आलोचना गर्नुभएको थियो। गगन थापासँग उहाँको निकै गर्मागर्मी छलफल भएको थियो। ढुङ्गानाले २०४७ सालको संबिधानलाई बढी लोकतान्त्रिक र प्रगतिशील ठान्नुभयो । तर गगनको तर्क थियो कि हालको संविधान संविधानसभा द्वारा निर्मित, बढी लोकतान्त्रिक र समावेशी छ । कांग्रेसले पनि संविधान कार्यान्वयन गर्ने र आवश्यक परे संशोधन गर्ने स्पष्ट नीति बनाएको छ ।राजनीतिक तथा कानूनी संयुक्त दस्ताबेज अपूरो छ । अझ बढी, देश जन उपयोगी प्रजातान्त्रिक केही बुँदा धारा समय र परिस्थितिअनुसार परिमार्जन र संशोधन गर्नुपर्छ भन्ने कुरामा अन्त्यमा दुबै जना सहमत हुनुभयो । निर्वाचन पर्यवेक्षण र निगरानीका लागि, निर्वाचनको दिनमा, म धेरै पटक उहाँसँग गएको छु ।

गत वर्ष, टंकप्रसाद आचार्य प्रतिष्ठानले मदन भण्डारी कलेज, अनामनगर, काठमाडौंँमा बलिदानलाई सम्झँदा ‘ ‘राणाकाल भोग्नेहरूबीच भलाकुसारी’ शिर्षकको विचार भेला आयोजना गरेको थियो आयोजक सुशील प्याकुरेल, कनकमणि दीक्षित लगायत आदि थिए ।त्यस कार्यक्रममा सहभागीहरू प्रायः अधिकांश वयोवृद्ध व्यक्ति ज्येष्ठ नागरिकहरू थिए जो आफ्नो क्षेत्रमा सम्मानित र मर्यादित। सबैभन्दा जेष्ठ, जीवित इतिहास र देशका उच्च सम्मानित ज्येष्ठ नागरिक शताब्दी जीवन काटिसकेका र अझैपनि निकै तन्दुरुस्त डा गौरीशंकरलाल दास १०१ वर्षको उमेरमा छन् र ९० वर्ष नाघेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी ९८, नूतन थपलिया ९५, अरविन्द रिमाल ९३, बद्री खतिवडा ९० ,अन्य ८५ वर्षभन्दा बढी, डाक्टर मीना आचार्य ८७, सूर्यप्रसाद श्रेष्ठ ८८, केदारनाथ उपाध्याय ८७ आदि थिए । ८० भन्दा बढीमा प्राडा वीरेन्द्र मिश्र, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय, मोहनचन्द्र अधिकारी दमननाथ ढुङ्गाना आदि थिए । बुबाले कार्यक्रममा सारगर्भित प्रेरणादायी र स्मरणीय विचारव्यक्त गर्नुभयो । जेष्ठ नगरिकलाई सहि सम्मान र उचित सल्लाह लिई युवाले अवसर र दक्षता प्रयोग गर्नु नै देश विकास र आर्थिक उन्नतिका उपयुक्त विकल्प हुन्छ ।पनि उहाँले आमासँग र हाम्रो परिवारसँग शान्ति, सद्भाव, माया, ममता र सहयोगपूर्ण सम्बन्ध कायम गर्नुभयो। उहाँले सधैं मेरी आमा र हाम्रो सम्पूर्ण परिवारलाई घरायसी काम, शिक्षा, पेशागत जीवन, करियर, साहित्य लेखन अध्ययन–अध्यापन, शैक्षिक र आर्थिक आदि सबै क्षेत्रमा सहयोग र साथ दिनुभयो ।कानूनी पेशामा सक्रिय देश र जनताको अधिकार र हक हितमा लाग्नुभयो । पञ्चायत शासन एकदलिय व्यवस्था थियो । त्यसबेला सबै पार्टीहरू प्रतिबन्धित थिए । पार्टीको नेता कार्यकर्ताहरु मुद्धा लगाइएका, जेल परेका राजनीतिक बन्दीहरुको पक्षमा बहस उहाँ स्वयं पनि पारीवारिक जिम्मेवारी नेपाली काँग्रेसको पार्टी राजनीति र बहुदलिय प्रजातन्त्र र जनहितमा लाग्दा केही वर्ष पक्राउ परी जेल पर्नुभयो । वकिल, वरिष्ठ अधिवक्ता, सर्वोच्च अदालत कानूनी न्यायिक कार्य, अदालत, बहस पैरवी आदि।

  उहाँ सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता हुनुहुन्थ्यो। पेशाले उहाँ कानूनी वकिल पेशामा हुनुहुन्थ्यो। उहाँ जनताको पक्षमा कुशलतापूर्वक बहस पैरवी गर्नुहुन्थ्यो। १९८४ मा सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षको रूपमा कार्य गर्नु भयो । नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन, आदि वकिल संगठनहरूको वकिल र कानूनी संवैधानिक, न्यायिक अधिकार र हक हितको लागि कार्यक्रमहरूमा सक्रिय सहभागि हुनुभएको थियो। उहाँले प्रतिष्ठित समकालीन वकिल महादेव यादव आफू पछिका प्रख्यात वकिलहरू राधेश्याम अधिकारी, सूर्य ढुंगेल लगायत मिलेर दियाद ल (कानुन फर्म) एसोसिएट्स स्थापना गर्नुभयो ।जुन उदयीमान नयाँ अधिवक्ताहरूको लागि राम्रो प्लेटफर्म र केन्द्रबिन्दु बन्यो । जहाँ वर्तमान प्रधान न्यायाधीश प्रकाश राउत र धेरै प्रसिद्ध र स्थापित कानूनी, न्यायाधीश न्यायपालिका र प्रसिद्ध राजनीतिज्ञहरू आदिपनि त्यही कानूनी फर्मको उत्पादन हुन् ।

१९७१ मा नेपाल बार एसोसिएसनको महासचिव, एम्नेस्टी इन्टरनेशनलका संस्थापक सदस्य पनि हुनुभयो। उहाँ आफ्ना पुस्ताभन्दा अगाडिका वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, गणेशराज शर्मा, मोतिकाजी, कुसुम श्रेष्ठ, सर्वज्ञ रत्न तुलाधर आदिलाई सम्मान गर्नुहुन्थ्यो र बारम्बार मार्गदर्शन लिनुहुन्थ्यो । त्यस समयका एक सक्रिय र व्यावसायिक वकिलको रूपमा आफ्ना वकिल साथीहरू महादेव यादव, श्रीहरि अर्याल, विश्वकान्त मैनाली, सिन्धुनाथ प्याकुरेल, मुकुन्द रेग्मी, लक्ष्मण अर्याल आदिसँग नजिकबाट काम गर्नुभयो। त्यो बेला उहाँले बहस पैरवी गदा श्रीहरि अर्याल, सुवास नेम्वाङ, अग्नि खरेल, हरिहर दाहाल, शम्भु थापा, प्रकाश राउत दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी गोपाल घिमिरे, प्राडा विजय मिश्र, रमण श्रेष्ठ, टिकराम भट्टराइ आदि प्रख्यात वकिलहरू थिए । कानूनी र न्यायिक क्षेत्रका स्थापित व्यक्तित्व पूर्व न्यायाधीश शेषराज सिवाकोटीहरुसँग उहाँको विशेष लामो गहिरो सम्बन्ध, स्नेह र सद्भाव थियो र बारम्बार भेट हुन्थ्यो । बार एसोसिएसन र कानूनी र संबैधानिक संस्थाहरूले गरेको कार्यक्रम,अन्तरक्रिया आदिमा अत्यन्त सक्रिय हुनुभयो ।उहाँले न्याय प्रणाली सुधार्न जीवनभर संघर्ष गनुभयो । उहाँको विश्वास थियो कि न्याय व्यवस्थाः स्वतन्त्र, निष्पक्ष, र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्छ । प्रधान न्यायाधीश ,न्यायाधीशहरू र वकिलहरू इमानदार हुनुपर्छ । अदालतहरूमा भ्रष्टाचारको शून्य सहनशीलता हनुपर्छ।

 सबै नागरिकलाई छिटो र निष्पक्ष न्याय उपलब्ध गराउनुपर्छ । शक्तिशाली अपराधी, भ्रष्ट नेता, र गलत काम गर्नेहरू दण्डित हुनुपर्छ ।उहाँले प्रधान न्यायाधीश, न्यायाधीशहरू, वकिलहरू, र कानूनी पेशामा संलग्न व्यक्तिहरूलाई नैतिकता, नैतिक मूल्यहरू, र निष्पक्षताको पालना गर्न आग्रह गर्नुभयो ।

नेपाल अझै न्यायालयमा भ्रष्टाचार, राजनीतिक हस्तक्षेप र न्याय ढिलाइ जस्ता समस्याहरूबाट गुज्रिरहेको छ । २०५२ सालमा जब एमाले सरकारका मनमोहन अधिकारीले निर्वाचनको लागि सदन विघटन गरे, उहाँ एमिकस क्युरीमा संलग्न र प्रधानमन्त्रीको कदम असंवैधानिक र सदन पुनर्स्थापित गर्ने संसदीय लोकतान्त्रिक अभ्यासहरू अविश्वास प्रस्ताव अगाडिको ढोकाबाट आएको र प्रधानमन्त्री त्यसको सामना नगरी झ्यालबाट भाग्न खोजेको तर्क गनुभयो। सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको अगाडि मुद्दाको दृढतापूर्वक वकालत गर्नुभयो र पूर्ण इजलास र सदन पुनर्थापित भयो र सोही संसदबाट नयाँ सरकार गठन भयो। शेरबहादुर देउवा, कांग्रेस पहिलो पटक प्रम बने र संसद प्रणालीलाई ट्रयाकमा फर्काउनु ठूलो उपलब्धि थियो ।म काठमाडौँ विश्वविद्यालयमा अध्ययन गरिरहेको थिएँ।सर्वोच्च अदालतमा उहाँका दमदार, सशक्त प्रभावकारी तार्किक बहस, प्रत्यक्ष पाँच घण्टा सुनेको थिएँ र धेरै प्रभावित भएको थिएँ । उहाँका तर्क सुनेपछि अरू स्रोतासँगै संसद पुनःस्थापना हुनेमा म पनि विश्वस्त थिएँ । उहाँले संविधान, प्रधान न्यायाधीश, र पूर्ण इजलासका न्यायाधीशहरूका अगाडि ठोकुवा गर्नुभएको थियो “यदि पुनःस्थापना भएन भने संविधानको कुनै अर्थ छैन “

 उहाँ कानूनको शासन, न्याय र न्यायपालिकाको सुधारको गहिरो अपेक्षा रआशा गर्नुभयो ।सरकार उत्तरदायी र इमानदार होस् न्यायालय स्वतन्त्र रहोस् र निष्पक्ष न्याय दिओस्।भ्रष्टाचारविरुद्ध कडा कारबाही होस् ।कानूनी शासन मजबुत बनाइयोस्, जहाँ सबै नागरिक बराबर छन् ।राजनीति सत्ता लिप्सा होइन, जनसेवा होस् ।यदि अदालत, न्यायाधीश, वकिल, अदालतका कर्मचारीहरू भ्रष्टाचार, कानून उल्लङ्घन र आचारसंहिता उल्लङ्घनमा संलग्न छन् भने उनीहरूको अनैतिक र गैरकानूनी अभ्यास र कार्यहरूको अनुसन्धान कारबाही र सजाय कसले गर्नेछ? त्यो सबैभन्दा महत्त्वपूर्ण प्रश्न आजको न्यायपालिका र कानूनी÷न्याय प्रणाली हो। यो स्वतन्त्र, किफायती, पहुँचयोग्य, विश्वासयोग्य चाँडो छिटो छरितो“ र निष्पक्ष न्याय प्रणालीमा केन्द्रित हुनुपर्छ । कानूनको शासनमा र समाजमा शान्ति कायम राख्न यसले संविधानद्वारा निर्देशित आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । सबै नेपाली नागरिकहरूले आफ्नो संवैधानिक र मौलिक अधिकारहरूको अभ्यास गर्नुपर्छ । सबै कानून व्यवसायी र न्यायाधीशहरूले न्यायपालिका र अदालतहरूमा जनताको विश्वास प्रवर्धन गर्नुपर्छ। अदालत÷न्यायाधीशहरूले संवैधानिक र न्यायिक सिद्धान्त र उदाहरणहरूको पालना गर्नुपर्छ । साथै, अदालतहरूले सय जना दोषीलाई सजाय दिइयोस् तर एक जना निर्दोषलाई दोषी ठहराउनु हुँदैन भन्ने मान्यताको पालना गर्नुपर्छ। अदालत÷न्यायाधीशहरू विशेष गरी फौजदारी न्याय मुद्दाहरूमा धेरै सावधान हुनुपर्छ । न्याय प्रणालीले जवाफदेहिता, पारदर्शिता, निष्पक्ष सुनुवाइ र मुद्दाको अधिकार, न्यायमा पहुँच र अन्य धेरै महत्त्वपूर्ण पक्षहरूलाई प्रवर्धन गर्नुपर्छ। आचारसंहिता, निर्देशनहरू नेपालका प्रमुख क्षेत्रहरूमा लागू गरिँदैनन्। निर्देशन, नियम, कार्यक्रम र नीतिहरू कार्यान्वयन गर्न सरकारको बलियो र शक्तिशाली कार्यान्वयन संयन्त्र हुनु आवश्यक छ। अदालत र न्यायाधीशहरूले गर्ने निर्णय र फैसलाहरू सरकार र आम जनताले समयमै कडाइका साथ पालना गर्नु आवश्यक छ। व्यापक सार्वजनिक अधिकारका सार्वजनिक हितका मुद्दाहरू जिम्मेवारीपूर्वक सम्हाल्नुपर्छ । न्यायाधीशहरू उनीहरूको शैक्षिक योग्यतामा आधारित हुनुपर्छ, जसमा नैतिक इमानदारी,सामाजिक मर्यादा, इमानदारी र यी प्रतिष्ठित पदहरूप्रति समर्पण हुन्छ।

कृष्णप्रसाद भण्डारी, वरिष्ठ अधिवक्ता तथा उहाँभन्दा अग्रज व्यक्तित्वसँग निरन्तर भेट्नुहुन्थ्यो, फोनमा कुरा हुन्थ्यो, र उहाँ पनि हामीलाई भेट्न घरमा आउनुहुन्थ्यो । ९८ वर्षको उमेरमा पनि उहाँ अझै स्वस्थ र सक्रिय हुनुहुन्छ । वहाँ कानूनी व्यवसायी तथा सबैका लागि प्रेरणाको स्रोत र शक्तिपुञ्ज हुनुहुन्छ ।

२०४७ सालको आन्दोलनलाई टुंगोमा पुर्‍याउन अथक मेहनत गर्नु भएको थियो । राजा वीरेन्द्रले दलहरुमा लागेको प्रतिबन्ध हटाएर बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको घोषणा गरेपनि पन्चायत व्यवस्थाका कार्यकर्ता अकडिएका थिए । बहुदलीय पक्षका प्रतिनिधि नेताहरु प्रज्ञा–प्रतिष्ठानमा पन्चायतका नेताहरुसँग ‘वार्ता’ गर्दै थिए । त्यो समयमा जनता बहुदलीय प्रजातन्त्रका पक्षमा थिए । ठूलो जन–दवावपछि बल्लतल्ल कुरा सल्टिएको थियो ।

२०४७ साल संविधान निर्माण अवधि

जनआन्दोलन र प्रजातन्त्र पुनर्स्थापनाको सफलतापछि राजा वीरेन्द्र र वार्ताका लागि उनी नेपाली कांग्रेस पार्टी र वाम कम्युनिस्ट शक्तिहरूबाट सक्रिय रूपमा संलग्न हुुनुभयो । प्र. म. भट्टराईले गठन गरेको संविधान आयोगका विश्वनाथ उपाध्याय अध्यक्ष भए । नेपाली कांग्रेसको तर्फबाट सदस्य हुुनुभयो संविधान निर्माणमा एक अत्यन्त सक्रिय सदस्य, कानूनी पृष्ठभूमि भएका संवैधानिक विज्ञ तथा अनुभवी प्रतिष्ठित व्यक्तिहरू, राजापक्ष्य, नेका र बामपन्थी त्रिपक्षीय कानूनी राजनीतिक साझा संयुक्त दस्ताबेज थियो । जनआन्दोलन २०४६ मा, नेपाली कांग्रेसको प्रमुख प्रवक्ताको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्नुभएको थियो। २०४२ सालको सत्याग्रहमा जेलमा रहनुका साथै २०४६ साल अघि नै उहाँ एक प्रसिद्ध स्थापित वकिल तथा दोश्रो पुस्ता नेपाली कांग्रेसका प्रमुख नेता भइसक्नु भएको थियो। किसुनजी प्रम र अन्तरिम सरकारलाई सफल बनाउन वहाँले पूर्ण सहयोग र मद्दत गर्नुभयो।

त्यसपछि उहाँ वेस्टमिनिस्टर संसद संवैधानिक राजतन्त्र, पार्टी प्रणाली र संसदीय प्रजातन्त्र,सार्वभौमसत्ता, कानूनको शासनको अध्ययन गर्न केही समयको लागि बेलायत जानुभयो। जसले संवैधानिक राजतन्त्र, बहुदलीय तथा संसदीय लोकतन्त्रको साथ धेरै छोटो अवधिमा नेपालको लोकतान्त्रिक संविधानको मस्यौदा तयार गर्‍यो । प्रम कृष्ण प्रसाद भट्टराई, किशुनजीे कांग्रेसका कार्यवाहक अध्यक्ष तथा उनको अन्तरिम सरकारले लोकतन्त्रको पुनर्स्थापनापछि संविधान र लोकतान्त्रिक आम चुनाव जारी गर्‍यो जहाँ नेपाली कांग्रेसले संसदमा बहुमत प्राप्त गर्‍यो। किशुनजी अन्तरिम प्रम हुँदा, उहाँले बनाउनुभएको संविधान आयोगमा सक्रिय रही, समयमै प्रजातान्त्रिक संविधान बनाउन र यसलाई सफल बनाउन ठूलो योगदान गर्नुभयो। हामीले त्यसबेला मिडियामा पढेअनुसार, उहाँले संवैधानिक राजतन्त्र, राजालाई संविधानमा बाँध्न तथा केही अधिकार दिन जोडदार माग र वकालत गर्नुभएको थियो।

संविधान निर्माणको बेलामा, किशुनजीेको सल्लाहमा शेरबहादुर देउवाले बेलायतमा अध्ययनरत रहँदा धेरै पटक भेटेर छलफल गरेको कुरा उहाँले बताउनुहुन्थ्यो।

संसद सभामुख : निष्पक्ष, प्रभावकारी, तटस्थ र सन्तुलित संसद सभामुख

२०४८ सालको प्रथम आम चुनावमा उहाँ काठमाडौँ क्षेत्र नं. २ नेपाली कांग्रेसबाट विजयी हुुनुभयो । बत्तीसपुतली, गौशाला, बानेश्वर टोल छिमेकका दाजुभाइ, दिदीबहिनी, छिमेकीहरूले उहाँलाई विजयी हुन ठूलो मदत र सहयोग गर्नुभयो र वहाँ विजयी हुनुभयो। लोकप्रिय प्र. म. र पार्टी अध्यक्ष भट्टराई नेकपा एमालेका युवा महासचिव मदन भण्डारीसँग पराजित हुनुभयो । उहाँ नेपाली पार्टीबाट विजयी हुने एकमात्र सांसद हुनुभयो । त्यसपछि बनेको संसद्मा उहाँ पार्टीबाट देशको पहिलो निर्वाचित सभामुख हुनुभयो ।

अहिले पनि जनमानसमा पार्टीमा सभामुख त हुनु तर ढुङ्गानाजी जस्तो हुनुपर्छ । सांसद, सभामुखको गरिमा र प्रतिष्ठालाई उच्च राख्नुभयो । पार्टीभन्दा बाहिर रहेर पार्टी, सरकार, मन्त्रीको दबाब र प्रभावमा पर्नुभएन । सभामुखका रुपमा निष्पक्ष, तटस्थ र सन्तुलित रुपमा संसद चलाउनु भएको थियो । सरकार सत्तापक्षको संसद प्रतिपक्षको भन्ने आधारमा प्रतिपक्षलाई बढी अवसर दिनुभयो । सरकार बहुमतको, संसद अल्पमत, प्रतिपक्षको। सभामुखको रूपमा संसदलाई यसो भन्दै, अति जीवन्त र प्रभावकारी बनाउनु सन् १९९० मा संवैधानिक राजतन्त्र र बहुदलिय संसदीय प्रजातन्त्र स्थापनापछि पहिलो सभामुखको रूपमा भूमिका अनुकरणीय मानिन्छ । उहाँ सदनका सभामुख र सांसदहरूको आचरणको लागि चिनिन्छन्, आफूले विचार गरेको कुराको लागि उचित प्रक्रिया र उत्कृष्ट अभ्यासहरू सुरु गर्नुभयो । ढुङ्गानाले सभामुखको भूमिका निर्वाह गर्दै आम अन्तर्राष्ट्रिय अभ्यास अनुसार प्रधानमन्त्रीले सम्बोधन गर्नुअघि विपक्षी दलका नेतालाई संसदमा सम्बोधन गर्न दिने उदाहरण बसालेको मानिन्छ। काठमाडौँबाट निर्वाचित एक मात्र कांग्रेस उम्मेदवार र एक अधिवक्ता र नेपाल बार एसोसिएसनको पूर्व महासचिवको रूपमा सभामुखको भूमिकाको लागि आदर्श विकल्प बनायो ।संसदको सभामुख निष्पक्ष, स्वतन्त्र र सक्रिय समन्वयकारी भूमिका निभाउनु भयो। नेपाली कांग्रेसको पूर्ण बहुमतको स्थिर स्थायी सरकार रहेको र यस अवधिमा महत्त्वपूर्ण कानून तथा विधेयकहरू शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति भएको, नयाँ विद्यालय, विश्वविद्यालय, र अस्पतालहरूको स्थापना भएको छ। संसदीय सक्रियता र सभामुखको गतिशील नेतृत्वकै कारण यी उपलब्धिहरू सम्भावित मुख्य कारणहरू हुन्।

किशुनजीसँग लेखक वि सं २०६३ साल भट्टराई निवास ललितपूर

यसरी ढुङ्गाना प्रजातन्त्रको पुनस्र्थापना पछि पहिलो सभामुख र “यद्यपि, ढुङ्गाना नेपालमा सभामुखहरूको लागि एक बेन्चमार्क सेट गर्ने र संसदीय मामिलामा परामर्श गर्न सकिने व्यक्ति हुनुभयो नेपालको संसदीय इतिहासमा ढुङ्गानाद्वारा प्रतिपादित एउटा प्रसिद्ध वाक्यांश उच्च कदर छ “संसद विपक्षी दलको हुन्छ जबकि सरकार सत्तारुढ दलको हुन्छ।” हृदयेश त्रिपाठी, भन्छन् सबैभन्दा पहिला ०४८ /०५१ को संसद् चाहिँ हेर्नुपर्छ । त्यसबेला सरकार पनि प्रभावशाली भएर आयो र संसद पनि । त्यसको कारण के हो भने तत्कालीन सभामुख दमननाथ ढुङ्गानाको निष्पक्ष र तटस्थ भूमिका हो ।

अर्थात् उहाँले नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी एमालेलाई संसदमा उचित स्थान दिनु भयो एमाले, अरु वामपन्थी र राजावादी पार्टीहरूलाई संसदीय बहुदलिय लोकतान्त्रिक व्यवस्थामा अभ्यस्त हुन ठुलो भूमिका खेल्नु भयो उहाँमा भनाइ र गरे मा एकरुपता थियो । उहाँको भनाइ हुन्थ्यो– धेरैपछि हाम्रोमा संसदीय व्यवस्था चल्न थालेको छ । हामीले जे नजिर स्थापित गर्छौँ भोलिको नजिर बन्दै जानेछ । त्यसकारण सत्तापक्षको सरकार, प्रतिपक्षको संसद । त्यो बेला एमालेले संसद अवरोध र विरोध, गर्दा, विरोध खतिवडा, एमाले, सांसदलाइ उहाँले तपाई नाम अनुसारको विरोध गर्नुस्, म नाम अनुसार दमन गर्छु भन्नु भएको थियो। जेष्ठ, युवा, महिला, समावेशी सबैको सहभागिता थियो। त्यो बेलाको संसदमा । पदप्रति जीवनको उत्तरार्धमा आसक्ति र मोह थिएन। सभामुख जस्तो उच्च पदमा पुगेर, संविधान निर्माता, वरिष्ठ अधिवक्ता, शान्ति प्रक्रियाका प्रमुख राष्ट्रिय सहजकर्ता आदि भई पनि उहाँको जीवन सरल र स्वाभिमानी रह्यो। आर्थिक पारदर्शिता र मितव्ययितामा नै उहाँले बढी जोड दिनुभयो। गरिमामय संसदका सभामुख हुनुभयो, संसदको गरिमा उच्च राख्नुभयो ।

त्यो बेला यो भूमिकाले गर्दा जुन जवाफदेहीपनको भावना बढी हुन्थ्यो । सरकार प्रभावकारी हुनु भनेको संसद प्रभावकारी भएर नै हो । युवा मदन भण्डारीले राष्ट्रिय र जन संसदमा बलियो र सशक्त आवाज उठाएका थिए। ढुङ्गानाको विपक्षी दलहरूलाई सदनमा बढी ठाउँ दिने दृष्टिकोणले एक आदर्श सभामुख बनायो। सभामुखको रूपमा पार्टी कांग्रेस संसदमा विपक्षी दलहरूलाई बढी ठाउँ दिएकोमा असन्तुष्ट हुँदा धेरै घटनाहरू भए। उहाँ सभामुख हुँदा श्रीमती भुवन, भाइ राजन, बहिनी बिन्दु, भान्जी श्रीजना, भान्जा शैलेश, सूरज आदि सबैले उहाँलाई सहयोग गर्नुभयो, जसका कारण उहाँ सफल सभामुख बन्नुभयो।कतिपटक चुनावमा उठ्यो, उम्मेदवार भयो, पार्टीमा लाग्यो, सत्तामा पुग्यो, सांसद, मन्त्री वा प्र.म. भयो भन्दा पनि देश र जनताका लागि के गर्‍यो भन्ने कुरा महत्वपूर्ण हुन्छ। छोटो समयका लागि भए पनि दूरदर्शी, दीर्घकालीन कार्य गर्ने नेतालाई बढी सम्झन्छन्। देश विकास र जनहितमा चिरकालसम्म सम्झने गौरव गर्न लायक काम के गर्‍यो? त्यो अर्थपूर्ण हुन्छ। कति नैतिक र लोकप्रिय भयो त्यसले बढी मान्यता राख्छ।पदको गरिमा र मर्यादाको ख्याल सबै नेताले राख्नुपर्छ। विगतमा आर्थिक र राजनीतिक नैतिक आचरण बलियो भएका, ऊर्जाशील र कर्मठ, ज्ञान र विचार भएका त्यो अर्थपूर्ण हुन्छ।

नेपालको संसद तब मात्र बलियो बन्छ जबःसभामुख निष्पक्ष रहन्छ र संसदमा निष्पक्ष बहसको सुनिश्चितता गर्छ।सरकार जनउत्तरदायी हुन्छ र प्रभावकारी नीति कार्यान्वयन गर्छ।राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र रहन्छ।प्रतिपक्ष जिम्मेवार हुन्छ र सरकारलाई प्रभावकारी रूपमा चुनौती दिन्छ।संसद ठीकसँग सञ्चालन हुन्छ, कानून निर्माण र सरकारलाई नियन्त्रणमा राख्न सक्षम हुन्छ।माओवादी सशस्त्र द्वन्द्व÷युद्ध, शान्ति वार्ता, शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय अपुरो र अधुरो शान्ति प्रक्रिया ।उहाँले सभामुख हुँदा कम्युनिष्ट पार्टीहरू संसदीय प्रणालीमा आउन र हिंसात्मक माओवादी विद्रोहीहरूलाई हतियार त्यागेर शान्तिमा आउन कडा परिश्रम गर्नुभयो। उहाँले नयाँ समावेशी संविधानको लागि संविधानसभा चुनावको लागि जोडदार वकालत गर्नुभयो । यद्यपि, वि सं २००६ को जनआन्दोलनमा नागरिक समाजका नेताको रूपमा प्रमुख भूमिका खेल्नु भएको थियो । ढुङ्गानाले तत्कालीन विद्रोही माओवादीहरूसँग सरकार र मूलधारका राजनीतिक दलहरू बिचको वार्तालाई सहज बनाउन पनि सक्रिय भूमिका खेल्नुभयो । मूलधारका राजनीतिक शक्तिहरू र माओवादीहरू बीचको महत्त्वपूर्ण सम्झौताहरूमा प्रमुख मध्यस्थकर्ताहरू मध्येमा एक हो । माओबादी र सरकार बीच को १२ बुँदे सहमति÷ सम्झौता को महत्वपूर्ण समयमा पनि, दुबैजना प्रमुख पर्यवेक्षक हुनुभयो, राष्ट्रिय वार्ताको टेबलमा माओवादी भन्ने आरोप पनि त्यो बेला उहाँमाथि लाग्यो ।

दमननाथ ,पदम रत्न गहिरो मित्रता, सहकार्य माओवादी द्वन्द वार्ता र शान्ति प्रकृया, वरिष्ठ राष्ट्रिय सहजकर्ताद्वयदमननाथ ढुङ्गाना, लोकतान्त्रिक र कानूनी अनुभव र पद्मरत्न तुलाधर, स्वतन्त्र वामपन्थी, वरिष्ठ वाम नेता जनजाति पृष्ठभूमि। दुवैले संयुक्त रूपमा वरिष्ठ सहजकर्ता, द्वन्द्वरत दलहरू बीच पुलको रूपमा काम गर्नुभयो । दुवै उच्च राजनीतिक अनुभवी बौद्धिक प्रखर स्पष्ट वक्ता नागरिक समाजका वरिष्ठ अगुवा जहाँ सरकार, प्रमुख राजनीतिक दलहरू र माओवादीहरूले उनीहरूलाई विश्वास र सम्मान गर्थे । ढुङ्गाना पद्मरत्न तुलाधरसँगै तत्कालीन सरकार र नेपाल माओवादी पार्टीबीच शान्ति प्रक्रियाका महत्वपूर्ण राष्ट्रिय सहजकर्ता र मध्यस्थकर्ता हुनुभयो । पछिल्लो समय ढुङ्गाना र पदम रत्न तुलाधर को गहिरो निकटता र मित्रता थियो । ढुङ्गाना तुलाधर सन् २००३ देखि २००९ सम्म नेपालको शान्ति प्रक्रियाका पर्यवेक्षक, वार्ताकार र सल्लाहकार हुनुहुन्थ्यो । दमननाथ ढुङ्गाना र पद्मरत्न तुलाधरले वार्ता शान्ति सम्भव छ भन्ने प्रमाणित गर्नुभयो । उहाँहरूको अहिंसाप्रति प्रतिबद्धता, संवादमा विश्वास, र लोकतन्त्रप्रतिको निष्ठा नेपाल र विश्वका लागि प्रेरणादायक छ शान्ति प्रकृयामा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका निष्ठावान् सरल प्रजातन्त्रवादी र एउटा असल सभामुखको रुपमा उहाँलाई देशले संधै सम्झिरहनेछ ।

  पछि पनि वरिष्ठ माओवादी नेताहरू, प्रचण्ड, बाबुराम भट्टराई, मोहन वैद्य, कृष्णबहादुर महरा र अन्य सबैले द्वन्द्व÷युद्ध, शान्ति वार्ता, शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको समयमा ढुङ्गाना र तुलाधरलाई निरन्तर सम्पर्कमा राखेका थिए। द्वन्द्वका पीडितहरूले पनि संक्रमणकालीन न्याय र शान्ति प्रक्रियाको चाँडै तार्किक निष्कर्ष शान्ति प्रक्रिया टुंगोमा,अन्त्यको लागि उच्च आशा र विश्वास राखेका थिए।

संक्रमणकालीन न्याय र पीडितहरूको अधिकार

ढुङ्गानाले द्वन्द्वपीडितहरूलाई न्याय दिलाउनु पर्छ भन्नेमा दृढ विश्वास राख्नुहुन्थ्यो । विश्वास कि दण्डहीनत सह्य हुँदैन। गम्भीर मानव अधिकार उल्लङ्घन गर्नेहरूले कानूनी परिणाम भोग्नै पर्छ। उहाँले राजनीतिक सम्झौताका नाममा युद्ध अपराधीहरूलाई जोगाउने प्रवृत्तिको विरोध गर्नुभयो । ढुङ्गानाका अनुसार माओवादी नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई, मोहन वैद्य, रामबहादुर थापा,साथै नेपाली कांग्रेस र एमालेका वरिष्ठ नेताहरू सबै शान्ति प्रक्रियाको बाँकी जिम्मेवारी पूरा गर्न बढी जिम्मेवार उत्तरदायि छन्।उहाँ नेपालको सत्य निरूपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगको असफलताबाट अति नै असन्तुष्ट हुनुभयो ।

 ढुङ्गानाको धारणा थियो कि न्याय ढिलाइ गर्नुले द्वन्द्वपीडितहरूको घाउ झनै गहिरो बनाउँछ।उहाँले बारम्बार राजनीतिक नेतृत्वलाई “साँचो, शान्ति । न्याय बिना सम्भव छैन“ भनेर सम्झाइरहनुभयो । उहाँले संक्रमणकालीन न्याय प्रणालीलाई नेताहरू आफैंलाई जोगाउन प्रयोग गरिरहेका छन् भन्ने डर व्यक्त गर्नुहुन्थ्यो । आज, द्वन्द्व समाप्त भएको १८ वर्ष बितिसक्दा पनि शान्ति प्रक्रिया अपूर्ण छ । माओवादी द्वन्द्वको बेला, यी दुई नेताहरूले आफ्नो जीवन जोखिममा राखेर शान्ति वार्ताको नेतृत्व गर्नुभयो । तिनका प्रयासहरूले हजारौं मानिसहरूको जीवन जोगायो ।नेपाललाई संघीय गणतन्त्रमा रूपान्तरण गर्ने आधार तयार गर्नुभयो द्वन्द्वपीडितको न्यायको लागि सधैं लागीरहनुभयो तर, नेपालको शान्ति प्रक्रिया अझै अपूर्ण छ।शान्ति प्रक्रियाका वार्ता र संविधान निर्माणका बेला, बुबा माओवादी नेताहरूभन्दा पनि बढी आक्रामक र दृढ अडान राख्ने स्वभावका हुनुहुन्थ्यो।उहाँको ध्यान संक्रमणकालीन न्यायमा केन्द्रित थियो, जसले द्वन्द्व पीडितहरूलाई न्याय दिने सुनिश्चित गर्ला र गम्भीर अपराध गर्नेहरूलाई कानूनी कारबाही हुनेछ भन्ने आशा राख्नुहुन्थ्यो माओवादी नेताहरू द्वन्द्व युद्धपछि राजनीतिका मूलधारमा आउनासाथै शान्ति प्रक्रियामा समेट्न धेरै पटक उहाँलाई घर बत्तीसपुतलीमा भेट्न आएका थिए। उहाँलाई सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष हुन अनुरोध र प्रस्ताव गरेका थिए, तर उहाँले अस्वीकार गर्नुभयो।

लेखक अधिवक्ता, कानून,अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति शोधकर्ता अनुसन्धानकर्ता, एम.ए. जेन.एन.यू. भारत ,एल.एल.एम कानूनका विद्यार्थी हुन्

तपाईंको प्रतिक्रिया

थप खबर