पाकिस्तानले अवैध आप्रवासी डिपोर्ट गर्दै, ट्रम्पका कारण १५ हजार अफगानीको ज्यान जोखिममा

  फागुन २५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २५।  अमेरिका जस्तै अब पाकिस्तानले पनि ठूलो मात्रामा देशबाट अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने भएको छ । पाकिस्तानको गृह मन्त्रालयले सबै अफगान नागरिकता कार्ड धारकहरू र अवैध विदेशी नागरिकहरूले मार्च ३१, २०२५ सम्ममा देश छोड्नुपर्ने आदेश जारी गरेको छ ।

यो निर्णय सरकारको अवैध विदेशीहरूको स्वदेश फिर्ती कार्यक्रम (आइएएफआरपी) को एक हिस्सा हो जुन नोभेम्बर १, २०२३ देखि लागू गरिएको थियो । गृह मन्त्रालयको विज्ञप्ति अनुसार यो समयसीमा भित्र स्वेच्छाले नफर्कनेहरूलाई अप्रिल १, २०२५ देखि जबरजस्ती देश निकाला गरिनेछ ।

पाकिस्तानको गृह मन्त्रालयले निष्कासन प्रक्रिया सम्मानका साथ सम्पन्न हुने र कसैलाई पनि दुर्व्यवहार नगरिने आश्वासन दिएको छ । सरकारले फर्कनेहरूका लागि खाना र चिकित्सा सुविधाको व्यवस्था गरिएको पनि बताएको छ। मन्त्रालयले सबै विदेशी नागरिकहरूलाई कानुनी बसाइका लागि सर्तहरू पूरा गर्न सल्लाह दिएको छ ।

संयुक्त राष्ट्र संघको तथ्याङ्क अनुसार पाकिस्तानमा ८ लाख भन्दा बढी अफगान नागरिकता कार्ड धारकहरू छन् । १३ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थीहरूसँग बसोबासको प्रमाण पीओआर कार्ड छ ।

तपाईंको प्रतिक्रिया

थप खबर