भोटेकोशी बाढी : सात जनाको शव भेटियो

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २४ ।  चीनतर्फबाट आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ ।

हालसम्म सात जनाको शव फेला परेको छ भने २० जना अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ । हराइरहेकामध्ये तीन जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण छन् । उद्धार कार्य जारी रहेको र अहिलेसम्म ५५ जनाको सकुशल उद्धार गरिएको छ । बाढीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये गोसाइँकुण्ड गाउँपालिका (१, २, ३), आमाछोदिङ्मो गाउँपालिका (१, २, ४, ५), उत्तरगया गाउँपालिका (२, ४, ५), र कालिका गाउँपालिका १ रहेका छन् ।

बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । त्यस्तै ईभी चार्जिङ स्टेशन पूर्ण रुपमा क्षति पुगेको छ । भन्सार कार्यालय र ट्रान्सपोर्ट यार्डमा क्षति पुगेको प्रहरीले जनाएको छ । रसुवागढी हाइड्रोपावरको ड्याम क्षतिग्रस्त छ । त्यस्तै गोसाइँकुण्ड–पासाङल्हामु सडक अवरुद्ध भएको छ । उक्त सडकखण्ड चर्किएको र धुन्चेदेखि टिमुरेसम्म सवारी आवागमन बन्द रहेको पनि प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर