मिडियाबाजी डटकम काठमाडौँ, असार २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरू नफर्किएको भन्ने विषयमा संसदमा प्रश्न गरेको छ ।
आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा सांसद सोविता गौतमले प्रधानमन्त्रीसँगै स्पेन पुगेका केही व्यक्तिहरू नफर्किएको समाचार सुनिएको भन्दै प्रश्न गरेकी हुन् ।
उनले भनिन्, ‘रास्वपा भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी गर्नेविरुद्ध संसदीय छानबिन समिति वा उच्चस्तरीय जाँचबुझ आयोगको मागसहित यो सदनमा उभिएको छ । स्वयम् प्रधानमन्त्री जानु भएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रममा सहभागी हुने बहाना गरेर नफर्किएको भन्नेलगायतका समाचारहरू आएका छन् । यो अत्यन्त गम्भिर विषय हो ।’ प्रधानमन्त्री ओलीसहितको सरकारी टोली गत १४ असारमा स्पेन गएको थियो ।