डेढ करोड रकमसहित बौद्धबाट चिनियाँ नागरिक पक्राउ

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २४ । जिल्ला प्रहरी परिसर काठमाडौंले एक करोड ४४ लाख रुपैयाँ रकमसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४० वर्षीय वाङ जियान रहेका छन् । सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खोजी कारोबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी स्वयम्भू भाडामा बस्दै आएका थिए। उनको साथबाट ईजी २२१६७१ नम्बरको चिनियाँ पासपोर्ट पनि बरामद भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर