मिडियाबाजी डटकम काठमाडौँ, असार २४ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ ।
देउवाको साथमा उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन् । एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल पनि सहभागी छन् । हिजो सकिएको कांग्रेसको बैठकले एमालेसँगको सहकार्यलाई निरन्तरता दिनुपर्ने भए पनि सरकारको गति बढाउनु पर्ने निष्कर्ष निकालेको थियो ।