रसुवा बाढी अपडेट : तीन प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना बेपत्ता

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २४ ।  रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना बेपत्ता भएका छन् ।

सम्पर्कविहीन हुनेहरूमा तीन जना प्रहरी नौं जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेको रसुवा प्रहरीले जनाएको छ । तर अहिलेसम्म सबैको पहिचान खुलाइएको छैन ।

रसुवा प्रहरीका अनुसार चीन क्षेत्रमा परेको भीषण वर्षाका कारण रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ रसुवागढीमा मंगलबार बिहान ३ बजेतिर बाढी आएको हो । बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएकाले मंगलबार बिहान ४ बजेदेखि आवतजावत बन्द भएको छ । उक्त बाढीले रसुवा भन्सार कार्यालयको सेडघरमा रहेका मालवाहक कन्टेनर, इभी गाडीहरू समेत बगाएर लगेको पुष्टि भएको छ । मानविय क्षति समेत भएको आशंका गरिएको छ । तर कति क्षति भयो भन्ने तथ्याङ्क आएको छैन् ।

तपाईंको प्रतिक्रिया

थप खबर