छिट्टै समझदारीको भाषा टुङ्गिएर सदन चल्छ : प्रचण्ड

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २५।  प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समझदारीको भाषा टुंगिएपछि सदन चल्ने बताएका छन्।

उनका अनुसार, अहिले सत्तापक्ष र प्रतिपक्ष दलबीच समझदारीको भाषामा छलफल भइरहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल रचनात्मक र सकारात्मक भएको भन्दै उनले समस्या समाधानका लागि सबै लचिलो बन्नुपर्ने बताए।

‘सबै लचिलो बन्नुपर्छ, समस्या समाधान गर्न माओवादी मात्रै लचिलो भएर पुग्दैन,’ प्रचण्डले भने। गृहमन्त्री रमेश लेखक विवादमा तानिएको भिजिट भिसा प्रकरणमा प्रतिपक्षी र सत्तापक्षको आ–आफ्नो अडानका कारण प्रतिनिधिसभा बैठक बस्न सकेको छैन। केहीबेरअघि नेपाली कांग्रेस र विपक्षी दलका नेताबीच भएको छलफलपछि सहमतिको लागि पत्र तयार बनाउन लागिएको नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

तपाईंको प्रतिक्रिया

थप खबर