रुपन्देहीमा खेतमा जल्दै गरेको युवतीको शव बरामद, श्रीमान पक्राउ

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २५।  रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५ स्थित मर्चवार क्षेत्रमा २२ वर्षीया सिर्जना पाल जलेको अवस्थामा खेतमा मृत भेटिएकी छन्।

घरदेखि करिब एक किलोमिटर टाढाको खेतमा उनी मृत भेटिएकी हुन्। घटना लगत्तै पति प्रमोद पाललाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ। रुपन्देही प्रहरीका डीएसपी गणेश सापकोटाले खोला नजिकै खेतमा शव रहेको जानकारी पाएपछि बिहान ३ बजे प्रहरी टोली पुगेर अनुसन्धान थालेको बताए। अनुसन्धानमा प्रयोग गरिएको कुकुरले महिलाको घरसम्म पुर्‍याएको उनले जानकारी दिए।

‘प्रारम्भिक अनुसन्धानको क्रममा कुकुरले घरसम्म पुर्‍याएको हुँदा महिलालाई घरबाट नै घटनास्थलसम्म पुर्‍याएको देखिन्छ’, उनले भने, ‘तर आत्महत्या हो वा हत्या अहिले नै केही भन्न सक्ने अवश्था छैन, हामी अनुसन्धानमै छौं ।’ पतिले भने सँगै सुतेको तर एक्कासी यस्तो घटना भएको प्रारम्भिक बयान दिएका छन्।

तपाईंको प्रतिक्रिया

थप खबर