विश्वकप क्रिकेट लिग–२ : नेपाल आज स्कटल्याण्डसँग भिड्दै

  जेठ २६, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २५।  आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एक दिवसीय शृङखलामा नेपाल आज (आइतबार) घरेलु टोली स्कटल्याण्डसँग भिड्दै छ।

खेल डुन्डेको फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ। लिग–२ को आफ्नो चौथो चरणको श्रृङखलामा नेपालले शुरुवाती दुई खेल जित्दै तालिकामा चार अंक थपेको छ ।

नेपालले गएको सोमबार भएको आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई एक विकेट र बुधबारको दोश्रो खेलमा नेदरल्याण्डसलाई पाँच विकेटले हराएको थियो । नेपाली टोलीले स्कटल्याण्ड भ्रमण अन्तर्गतको श्रृङखलामा आज तेस्रो खेल खेल्न लागेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर