पीडितलाई केन्द्रमा राखेर संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउनुपर्छ : गृहमन्त्री

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २५।  गृहमन्त्री रमेश लेखकले पीडितलाई केन्द्रविन्दुमा राखेर संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका छन्।

राष्ट्रिय मानव अधिकार आयोगले आज ललितपुरमा आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषद्ले पारित गरेको प्रस्ताव कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायको विषयलाई गृह मन्त्रालय र संघीय सरकारले उच्च प्राथमिकतामा राखेको बताए।

“संक्रमणकालीन न्यायसम्बन्धी विषय अत्यन्तै महत्त्वपूर्ण र गम्भीर भएकाले योसँग सम्बन्धित कानुनलाई पूर्णता दिएका छौं। यसअघि, कानुनले पूर्णता नपाउँदा मुद्दा सम्बोधन हुनसकेको थिएन। यौनजन्य हिंसाका पीडित धेरै छन्, बलात्कार र यौनजन्य हिंसामा कुनै मेलमिलाप पनि हुँदैन। सरकार पूर्ण रूपमा पीडितलाई न्याय दिने विषयमा केन्द्रित भई अगाडि बढेको छ, संक्रमणकालीन न्यायका विषयलाई सरकारले यथाशीघ्र सम्बोधन गर्नेछ”, गृहमन्त्री लेखकले भने।

तपाईंको प्रतिक्रिया

थप खबर