भारत–पाकिस्तान तनाबबारे माओवादी सांसदले मागे नेपाल सरकारको धारणा

  बैशाख २५, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २५।   प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भारत र पाकिस्तानबीच पछिल्लो समय देखिएको तनावबारे नेपाल सरकारको धारणा मागेको छ। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा यसबारे सरकारको धारणा माग गरेका हुन् ।

‘पछिल्लो समय भारत र पाकिस्तानबीच उत्पन्न विवादबारेमा नेपाल सरकारको आधिकारिक धारणा के हो माग गर्दुछ,’ दाहालले भने। हालै कश्मीरको पहलगाममा आतंकवादीहरुले नेपालीसहित २६ जना पर्यटकको हत्या गरेपछि दुई देशबीच तनाव बढेको छ। यसलाई लिएर भारतले पाकिस्तानका विभिन्न ६ स्थानमा हमला गरेको थियो।

तपाईंको प्रतिक्रिया

थप खबर