जुटे सबै राजावादी : आज साझा आन्दोलनका कार्यक्रम घोषणा गर्दै

  ७ घण्टा अगाडि

  मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २५।    नवराज सुवेदी नेतृत्वको राजावादी समूहले आज (बिहीबार) साझा आन्दोलनका कार्यक्रम घोषणा गर्दैछ। सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी गरिएको जनाइएको छ ।

घोषणा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर विष्ट, नेपाली काङ्ग्रेस (बिपी)का सुशिलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत राजावादी, हिन्दुवादी संघ, संस्था र अभियानको सहभागिता रहने बुझिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर