सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोध

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र २२ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।

सामाजिक सञ्जाल प्लेटफर्ममाथि लगाइएको बन्देजप्रति गम्भीर चासो व्यक्त गर्दै सरकारको उक्त कदमको निन्दा गरेका हुन् ।

बस्नेतले भने, ‘सरकारले उद्योग कलकारखानाहरु बन्द गर्यो । हामी मुखदर्शक भएर बस्यौँ । नेपाल सरकारले मुलकभित्र रोजगारीको सम्भावना बन्द गरिदियो । हामी चुप बस्यौं । आज सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथि ठाडो हस्तक्षेप गर्यो, हामी मौन छौं ।’

उनले सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय पार्ने सरकारको स्वेच्छाचारी प्रशासनिक निर्णयलाई अधिनायकबाद तर्फको सरकारको कदमको रुपमा व्याख्या गरेका छन् ।

उनले लोकतान्त्रिक मूल्य र नागरिक अधिकारलाई कुण्ठित गर्ने सरकारको कदम प्रति कडा आलोचना गर्दै उक्त निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्धले नागरिकबीचको सञ्चार र सामाजिक सम्बन्धहरुमा अवरोध हुने उनको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

थप खबर