दोहोरो अंकले बढ्यो नेप्से, ८ अर्ब ५३ करोड माथिको कारोबार

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २२।   साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसुचक १८.३० अंकले बढेर २८५०.३७ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा आज बिहीबार ३१८ कम्पनीको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५३ करोड माथिको सेयर कारोबार भएको छ । 

आज सिक्लेस हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक ९.८१ प्रतिशतका दरले कमाएका छन् । यस्तै, बरुण हाइड्रोपावरका लगानीकर्ताले ९.७८ प्रतिशतका दरले कमाएका छन् ।

उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक ८ प्रतिशतका दरले गुमाए ।

यसदिन लिबर्टी इनर्जीको सर्वाधिक ३९ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्टको ३६ करोड ९३ लाख रुपैयाँ र तेस्रोमा हिमालयन रिइन्स्योरेन्सको २३ करोड २८ लाचख रुपैयाँको सेयर कारोबार भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर