बाढीपहिरोले देशका ७ राजमार्ग पूर्णरूपमा अवरुद्ध, ९ सडक एकतर्फी सञ्चालनमा

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २२। वर्षासँगै आएको बाढी-पहिरोले देशका सात राजमार्ग आज पूर्ण रूपमा अवरुद्ध भएका छन्।

अवरुद्ध राजमार्गमा गाडी चल्न नसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सात सडक पूर्ण अवरुद्ध रहेको र नौवटा सडकमा एकतर्फी मात्रै गाडी चलिरहेको प्रहरीले जनाएको छ।

सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ स्थित कोसी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल-चीन नाका जोड्ने पुल र पासाङ ल्यामु सडक, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित अरनिको राजमार्ग, नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित पूर्वपश्चिम राजमार्ग र लमजुङको मध्यनेपाल नगरपालिका-९ स्थित मध्यपहाडी लोकमार्ग आज पूर्णरूपमा अवरुद्ध अवस्थामा छन्।

त्यसैगरि काठमाडौं-नुवाकोट सडक, तेह्रथुमको लालीगुराँस नगरपालिका- ७ स्थित मध्यपहाडी राजमार्ग, रसुवाको उत्तरगयास्थित गल्छी त्रिशूलीदेखि मैलुड स्याफ्रु जाने सडक, बागलुङको बागलुङ नगरपालिका- १० स्थित कालीगण्डकी करिडोर र बागलुङकै काठेखोला-६ स्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वको गैँडाकाेट ३ स्थित कालीगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिका- ४ स्थित बेनी-जोमसोम सडक, तनहुँको बन्दिपुर-४ चुनपहरास्थित पृथ्वी राजमार्ग, कास्कीको अन्नपूर्ण गाउँपालिका-६ स्थित पोखरा बागलुङ सडक, गुल्मीको रुरु-३ स्थित रिडी-तम्घास सडक, दाङको लमही नगरपालिका-९ स्थित राप्ती राजमार्ग र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्गमा आज एकतर्फी रुपमा आलोपालो गरेर सवारी सञ्चालन भइरहेको पनि प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर